• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ८ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ९ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ९ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १० घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • १० घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

  • २. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • ३. २०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • ५. नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

  • ६. ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

  • ७. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • ८. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ९. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

मन्त्रिमण्डल पुर्नगठनको तयारी, क-कस्को पद धरापमा

admin २०७७, असार, ५

काठमाडौं, ५ असार ।नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले १५ असारभित्र निर्णायक मोड लिने भएको छ । एकपछि अर्को विवाद आइरहँदा यसपटक अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्ने नगर्ने विवाद बल्झेको छ ।एमसीसीको विवादमा देशभित्र मात्र नभई बाह्य शक्तिको समेत भुमिका देखिएको छ । यसको टुंगो लाग्दा ठुलै कम्पन आउने देखिएको छ । त्यसैले प्रधानमन्त्री ओलीले आन्तरिक व्यवस्थापनलाई अस्त्रका रुपमा तयारी गरेका छन् । विशेषगरी जिम्मेवारी बाँडफाँड गरेर कुरा मिलाउने रणनीति ओलीको छ ।

ओली र प्रचण्ड दुवैले सरकारमा रहेका केही मन्त्रीहरुलाई नरुचाइरहेको अवस्था छ । यसअघि मन्त्रिमण्डल पुर्नगठन गर्दा कामको समिक्षा गरी फेरि निर्णय लिन्छु भनी ओलीले भनेकै थिए । उनले मन्त्रिमण्डल फेरबदल गरी लेनदेनको तयारी समेत गरेका छन् । अर्का अध्यक्ष प्रचण्डको पनि यस्तै चाहना छ ।

मन्त्रि बनेपछि आफ्नै कोटाबाट गएकाहरुले आफूलाई चुनौती दिएको प्रचण्डको बुझाई छ । उनी गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्टको ठाउँमा अरुलाई पठाउन चाहिरहेका छन् । बादलले कठिन अवस्थामा प्रचण्डलाई साथ दिएनन् । भट्टले त चुनौती नै दिए । कारण थियो प्रचण्डले सुदुरपश्चिम गृहक्षेत्र भएका भीम रावललाई साथ दिनु ।

बादलले पनि यन मौकामा प्रचण्डलाई साथ दिएनन् । ओलीलाई हटाउन खोज्दा बादलको समर्थन देखिएन । मेलम्चीको पानी काठमाडौंमा साउनमा झारेर जस लिन लागेकी विना मगरलाई हटाउने चाहना ओलीको छ । तर, बिना मगर प्रचण्डकी बुहारी भएकाले सजिलो भने छैन । यसअघि पनि विनालाई हटाउन खोज्दा ओलीको केही जोर चलेन । नारायणकाजी श्रेष्ठ निकट शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पनि विकल्प खोज्न खोजिएको छ । तर, उनी निकै चामरा मन्त्री मानिन्छन् । पोखरेललाई हटाउन नदिन श्रेष्ठ लाग्न सक्छन् ।

कृषिमन्त्री घनश्याम भुषाललाई सरकारमा जाँदा झन् पीडा थपिएको छ । आलोचनामा रमाउने मन्त्री भुषाल काम गर्न कठिन रहेछ भन्न थालेका छन् । उनी आफै सरकार छाड्न पाए हुन्थ्यो जस्तो गर्न थालेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन दबाब बढेको छ । देश नै टाट पल्टने अवस्था बनेपछि अपजस बोक्नुपर्ला भनेर उनी एशियाली विकास बैंकको जागिर खान खुट्टा उचालेर बसेका छन् । असारभरि कर उठाउन नसके ठुलै संकट निम्तन सक्छ । त्यसैले मन्त्री खतिवडा तनावमा छन् । उनको रक्तचाप पनि बढ्न थालेको छ । बजेट ल्याउन्जेल बस्छु भनेकाले मात्र ओलीले राखेका हुन् । सांसद नभएकाले पनि उनी पदमा रहिरहन साउनपछि संविधानले दिनेछैन ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सरकारमा रहने वा नरहने बामदेवको निर्णयमा भर पर्छ । बामदेवलाई उपप्रधानमन्त्री सहित आकर्षक मन्त्रालयको प्रस्ताव छ । तर, उनले अस्वीकार गरेका छन् । राजनीति न हो मानिदिए भने पोखरेल हट्नुपर्ने हुनसक्छ । तर, गोतम मन्त्री बन्दा संवैधानिक बाधा आउन सक्छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विवादमा मुछिएका छैनन् । उनी ओलीका प्रीयपात्र भएकाले पनि पदमै रहनेछन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विवादमा पारिएका छन् । उनी पनि हेरफेरमा बिदा हुनसक्छन् । योगेश भट्टराई मन्त्री भएको लामो समय भएको छैन । उनी यथावत रहने सम्भावना छ । पदमा अर्याल सिमा नक्शाको विषयले चर्चामा छिन् । उनी हटिनहाल्ने बुझिएको छ ।

वनमन्त्री शक्ति बस्नेत दुई वर्षभन्दा बढी मन्त्री भइसकेकाले फेरबदलमा पर्न सक्छन् । भौतिकमन्त्री वसन्त नेम्वाङबाट प्रधानमन्त्री ओली खुशी छन् । उनले कोरोना महामारीबीच पनि काठमाडौंको सडक चिल्लो पारिदिए । कानुनमन्त्री शिवमाया तुम्वाहाम्फे मन्त्री भएको केही महिनामात्र भएको छ ।

हृदयश त्रिपाठी र रामेश्वर राय यादव मन्त्री भएको लामो समय भएको छैन । तर, मन्त्रिमण्डल पुर्नगठनमा उनीहरु पनि अप्ठ्यारोमा पर्नसक्छन् ।-File Photo

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.