पल शाहद्वारा पारिश्रमिक नपाएको खुलासा, डिप्रेसनको खतरा औल्याए
काठमाडौ, ९ असार । नेपाली चलचित्र क्षेत्रमा केहि दिन यता नातावाद र परिवारवादले स्थान लिइरहेको छ । केहि चलचित्रकर्मीले खुला रुपमा विरोध गरेपनि धेरै चलचित्रकर्मी भने बोल्न सकेका छैनन् ।
चलचित्र भित्रका यथार्थ बाहिर आइरहँदा नायक पल शाहले पारिश्रमिक नपाएको खुलासा गरेका छन् । समयमा काम गरेको पैसा निर्माताले नदिने कारण धेरै कलाकारहरु डिप्रेशनमा जाने सम्भावना बढ्दै जाने उल्लेख गरेका छन् ।
उनले फिल्मले सोचेको जस्तो व्यापार गरेको छैन भन्दै निर्माताले वर्षौ झुलाएर पनि पैसा नदिदा कलाकारको मनमा धेरै चोट पुग्ने गरेको गुनासो पोखेका छन् । चलचित्रमा हुने समस्यालाई उजागर गर्दै डिप्रेशनमा जानु अगाडि सबैको सामु समस्या स्पष्ट रुपमा राख्नुपर्ने आवश्यक भएको धारणा व्यक्त गरेका छन् ।
उनले सोधेका छन्, ‘के तपाईंले परिश्रम गरे अनुसार समयमा आफुले पाउनु पर्ने पारिश्रमिक पाइराख्नु भएको छ ? के तपाईंले आफूले गरेको फिल्मको पैसा पाउन बर्षौ बर्ष सम्म निर्माता, निर्देशकसँग दुई हात जोड्नु परेको छ ? यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौला भन्ने सोच गरेको कलाकारलाई त्यहि फिल्मको पैसा पाउन बर्षौ बर्ष कुर्नु पर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?’
पलले ‘पहिला गरेको सहमती अनुसार पैसा माग्दा यो हाम्रो फिल्मले सोचेको जस्तो व्यापार गरेन त्यसैले यो पैसा अहिले दिन सक्दैन, यदि ५० प्रतिशत गरी दिने भए अहिले दिन्छु नत्र पछी बिस्तारै दिउला भनेर ३ बर्ष झुलाउँदा त्यो कलाकारको मन मस्तिस्कमा कस्तो सोच आउला ? भनेर पनि लेखेका छन् । तस्वीर पल शाह फेसबुकबाट
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

