मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
विगतको मुल्याकन हुँदा काममा विशेष अवसर प्राप्त हुनेछ,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,आफन्त संग चनाखो रहनु होला, आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,अरूको विश्वासमा पर्दा धोका हुन सक्छ,भौतिक रुपमा सफल भइनेछ,रोजगारीको अवसर मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
काम गर्दा वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ,आफन्त संग सजग रहनु होला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,
आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
काम गर्दा मतभेत हुनेछ, बोलीमा विचार गर्नु होला,लेनदेन आदिमा सफल भइनेछ,विवीध काममा अवरोध आउनेछ,बोलिमा सुधार गर्नु होला,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
नविन कार्यको सुरुवात हुनेछ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,काम गर्दा चुनौती पूर्ण हुनेछ , आजको शुभ अंक ६ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
किनमेल गर्दा सजक रहनु होला,सफलताको लागि निकै मिहेनत गर्नु पर्नेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,मौन बस्दा राम्रो हुनेछ,
आजको शुभ अंक १ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
पारिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,आर्थिक क्षेत्रमा खाली हात परियला,वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
मौन बस्दा नसोचेको काम बन्नेछ,साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,
आजको शुभ अंक ५ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
कृषि क्षेत्रमा सफल भइनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ, आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
खर्च बढ्नुका साथै मानसिक तनाव बढ्नेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
नयाँ कामतर्फ मन जानेछ,यात्रामा अप्रिय घटना हुनसक्छ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,घमण्ड त्याग गर्नु होला, आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
कमजोरीबाट शत्रुले लाभ उठाउने मौका पाइनेछ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,सरकारी कामकाजमा समस्या आउनेछ,आजको शुभ अंक २ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)