मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,भौतिक रुपमा सफल भइनेछ,आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
पुरानो रोकीयको काम बन्नेछ भने भौतिक रुपमा सफल भइनेछ,खर्च बढ्नुका साथै मानसिक तनाव बढ्नेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,गल्ति कमजोरी लाइ सुधारको प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
चुनौतीभित्र अवसर खोज्ने समय छ,घमण्ड त्याग गर्नु होला,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,काम गर्दा मतभेत हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
काम गर्दा समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुने छ,व्यपार लागि दिन फलदायी रहनेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,बोलिमा सुधार गर्नु होला,आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,यात्रामा अप्रिय घटना हुनसक्छ,आफन्त संग सजग रहनु होला,मौन बस्दा नसोचेको काम बन्नेछ, आजको शुभ अंक २ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
विगतको मुल्याकन हुँदा काममा विशेष अवसर प्राप्त हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,रोजगारीको अवसर मिल्नेछ,किनमेल गर्दा सजक रहनु होला,आजको शुभ अंक ६ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।