• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ९ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ९ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ३. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ५. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • ६. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ७. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ८. आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना

  • ९. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

  • १०. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

दाङमा भारतीयलाई वंशजको नागरिकता : भारतका विशाल कुमार गुप्त, नेपामा मितबहादुर दमाई

admin २०७७, असार, १३

झुठो विवरण पेश गरी दाङमा एक भारतीयले वंशजको आधारमा नेपाली नागरिकता लिएको खुलासा भएको छ ।

भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला श्रीदत्तगञ्ज उत्रौला घर भइ हाल घोराही उपमहानगरपालिका–१४ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल गुप्ता पटवाले झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको आधारमा नेपाली नागरिकता लिएका हुन ।

भारतीय नागरिक पटवाले २०७५ मंसिर २५ गते घोराही उपमहानगरपालिका वडा नं. ३ को सिफारिसले जिल्ला प्रशासन कार्यालय दाङबाट २०७५ मंसिर २५ गते नै वंशजको आधारमा नेपाली नागरिकता लिएको झण्डै डेढ वर्षपछि खुलेको हो ।

उनले घोराही उपमहानगरपालिका वडा नं. ३ वर्गद्दा निवासी ५६ वर्षीय हिरालाल दमाईका जेठो छोरा मितबहादुर दमाईको नाममा नागरिकता लिएका हुन ।

मितबहादुर दमाई हिरालालका जेठा छोरा हुन । उनी केही वर्षदेखि भारतमा रहेको बुझिएको छ । हिरालाल दमाइले भारतीय नागरिक पटवालाई आफ्नो छोरा बनाई नागरिकता दिलाइदिएका हुन ।

बंगलाचुली गाउँपालिका–३ बाट २०७० सालमा घोराही उपमहानगरपालिका–३ मा आएर बसेका हिरालाल दमाईले भारतीयलाई नागरिकता दिनकै लागि २०७५ मंसिर १७ गते ५ वर्षपछि बसाइ सराइ ल्याएको र मंसिर २३ गते घोराही उपमहानगरपालिका–३ को वडा कार्यालयमा बसाइ सराई दर्ता गरेका थिए ।

त्यसपछि हिरालालको छोरो बनेर विशाल गुप्ताले २ दिनपछि वडा कार्यालयबाट अनुसूचि फाराम भरी मंसिर २५ गते नागरिकता सिफारिस निकालेका थिए ।

उसैदिन भारतीय नागरिक विशाल गुप्ताले ९ दिनमै २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालयबाट ना.प्र.नं. ५२–०१–०७५–०४०५२ नम्वरको वंशजको आधारमा नेपाली नागरिकता लिएका हुन ।
उनीसंग भारतीय विशिष्ट पहिचान प्राधिकरणले उपलव्ध गराएको २७१६०७ नम्वरको आधार कार्ड पनि छ ।

गलत विवरण पेश गरी नागरिकता लिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरीले गुप्ताको डेरामा २०७७ जेठ १३ गते छापामारी गुप्ताको नेपाली नागरिकता र भारतीय पहिचान कार्ड बरामद गरेको थियो ।

साथै आरोपित गुप्तालाई पनि पक्राउ गरी मुद्धा चलाएकोमा जिल्ला अदालतले असार ८ गते पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

झूठो विवरण पेश गरी भारतीयले नेपाली नागरिकता लिदा जिम्मेवारी पूरा नगरेको भन्दै प्रहरीले हिरालाल दमाईसहित घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरी, वडा सचिव पदमप्रसाद रेग्मी, ना.सा.प्र त्रिपुरा खड्का र सामाजिक परिचालक लिला अधिकारीविरुद्ध पनि मुद्धा दर्ता गरेको छ ।

नागरिकता लिने विशाल गुप्ताबाहेक अरु पाँचै जना फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

आरोपित पटवाले प्रहरीलाई आफू भारतीय नागरिक भएको र झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको स्वीकारी बयान दिएका छन ।
यसरी बनाए बंशजको नागरिकता

भारतको उत्तरप्रदेश बलरामपुर उत्रौला घर भई केही वर्ष यता दाङको घोराहीमा मजदुरी गर्दै आएका २५ वर्षीय विशाल गुप्ताले चार वर्ष अघि घोराहीकै सम्झना नेपालीसंग विहे गरे ।

नेपाली नागरिकसंग विहेपछि एउटा बच्चा जन्मियो । वच्चाको जन्मदर्ता र आफ्नो विवाह दर्ता गर्न खोज्दा भारतीय नागरिकसंगको विवाह दर्ता नहुने समस्या आएपछि गुप्ताकी श्रीमति सम्झना नेपालीले मित मामा नाता पर्ने घोराही–३ का हिरालाल दमाईसंग पुगेर आफ्नो श्रीमानको नागरिकता जसरी पनि बनाइदिन आग्रह गरिन ।

भान्जीको आग्रहपछि हिरालाल दमाईले आफ्नो कान्छो छोराको ७ वर्ष अघि मृत्यु भइसकेको तर जन्मदर्ता भएकाले नागरिकता बनाइदिने भन्दै ढुक्क हुन आग्रह गरे ।

सोही अनुसार हिरालालले भारतीय नागरिक गुप्तालाई आफ्नो छोरा बन्न लगाई स्थायी घर बंगलाचुली–३ बाट ०७५ मंसिर १७ गते बसाइ सराई ल्याएर मंसिर २३ गते घोराही उपमनपा–३ मा दर्ता गराए ।

त्यसको दुइदिनपछि मंसिर २५ गते वडा कार्यालयबाट भारतीय नागरिक विशाल गुप्तालाई छोरा बनाएर नागरिकताको सिफारिस निकालेर सोहीदिन जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा गुप्तालाई नेपाली वंशजको नागरिकता उपलव्ध गराए ।

हिरालाल दमाईका तीन छोरामध्ये भारतीयलाई नागरिकता बनाईएका मितबहादुर दमाई जेठा छोरा हुन । झुठो विवरण पेश गरी नागरिकता लिएर प्रशासनिक काम चलाइरहेका बेला १८ महिनापछि प्रहरीले गोप्य सूचनाका आधारमा गुप्तालाई पक्राउ गरी कारवाही सुरु गरेको छ ।

घोराहीको सिफारिस बंगलाचुलीको नागरिकता

झुठो विवरण पेश गरेर घोराही उपमहानगरपालिका वडा नं. ३ बाट नागरिकताको सिफारिस ल्याउन सफल भएका भारतीय नागरिक विशाल गुप्ताले जिल्लाको प्रमुख प्रशासकिय अड्डाबाट पनि झुक्याएर नागरिकता लिन सफल भएका छन ।

जिल्ला प्रशासन कार्यालयले घोराही–३ को सिफारिस हुँदाहुँदै बंगलाचुली गाउँपालिका–३ को स्थायीवासीको रुपमा नागरिकता उपलव्ध गराएको छ ।

भारतीय नागरिकलाई दिइएको नेपाली नागरिकतामा जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत जनकप्रसाद भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

हिरालाल दमाईका छोरा भनिएका विशाल गुप्ताले मितबहादुर दमाईको नाममा लिएको नागरिकतामा सिफारिस लिएको घोराहीको ठेगाना कतै उल्लेख छैन । उनलाई बंगलाचुली –३ को स्थायीबासी बनाइएको छ ।

फरार भनिएका वडाध्यक्षसहित सवै काममा

हिरालाल दमाईको जेठो छोरा मितबहादुर दमाई बनेर भारतीय नागरिक विशाल गुप्ताले नागरिकता सिफारिस लिदा जिम्मेवारी पुरा नगरेको भन्दै मुद्धा चलाइएका घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद

चौधरी, वडासचिव पदमप्रसाद रेग्मी ना.प्रा.स त्रिपुरा खड्का र साप लिला अधिकारी वडाकै काममा हुनुहुन्छ । विहीवार वडाध्यक्ष चौधरी घोराहीको नगरसभामै छलफलमा हुनुहुन्थ्यो भने अन्य कर्मचारी पनि वडा कार्यालयमै काम गरिरहनु भएको वडा सचिव पदमप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँले आफूहरु फरार नभएको र केही दिनमै अदालत उपस्थित हुने बताउनुभयो । उहाँले बंगलाचुलीमा गरिएको जन्मदर्ता ल्याएर स्वयं मान्छे उपस्थित भएको र बसाइ सरी आएकाले हिरालाल दमाईले छोरा हो भनेपछि सिफारिस गरिएको बताउनुभयो ।
पारिजातमिडिया बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.