पशुपतिनाथ मन्दिर अब खुल्ला हुँदै, दर्शनगर्न जाने भक्तजनले अपनाउनुपर्नेछ यस्तो नियम
काठमाडौं, १२ असार । कोरोनाका कारण लागू भएको लकडाउनका कारण बन्द भएको पुजा पशुपतिनाथ मन्दिरमा अब सुचारु हुने भएको छ । लकडाउन भए देखि नै मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको थियो । अब पशुपतिनाथ मूल मन्दिरमा पूजाको व्यवस्था मिलाउने तयारी गरिएको बताइएको छ ।
सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउनका लागि कार्यविधि बनाएर तयारी थालिएको पनि कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।
मन्दिर खुलेपछि स्वास्थ्य सचेतना अपनाउदै भक्तजनलाई मन्दिर दर्शनको ब्यवस्था मिलाइने छ । भक्तजनलाई सरकारले तोकेअनुसारको दूरीमा राख्ने, पर्याप्तमात्रामा स्वयंसेवक खटाउने, चन्दन पातमा राखेर दिने निधारमा नलगाइदिनेलगायत व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।
आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार तयारी गरिएको छ ।
असार १ गतेदेखि पशुपति क्षेत्रको सरसफाइका लागि सफाइकर्मीलाई विशेषरुपमा परिचालनसमेत गरिएको छ । चैत ११ गतेदेखि जारी लकडाउनका क्रममा पशुपति क्षेत्रको सबैतिर सफाइ हुन नसकेको गुनासो स्थानीयवासीबाट आएको थियो ।
असार १ गतेदेखि लकडाउन खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन । पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि महत्वको मन्दिर हो । विश्वभरका हिन्दुधर्मावलम्बीहरु पशुपतिनाथ मन्दिरको दर्शनका लागि आउँछन् । अहिले लकडाउनका समयमा भने मन्दिर बन्द भएका कारण दर्शनार्थी पुग्न सकेका थिएनन् । यातायात र हवाई साधन बन्द भएका कारण पनि धार्मीक पर्यटनमा ह्रास आएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
