• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ९ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ९ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ३. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ५. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • ६. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ७. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ८. आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना

  • ९. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

  • १०. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

मदन भण्डारीका गाडी चालक अमर लामालाई कस्ले किन हत्या गर्यो ?

admin २०७७, असार, १५

काठमाडौं,अझै पनि मदन भण्डारीको मृत्युलाई धेरैले हत्या मान्छन् । दुर्घटनाले धेरै रहस्य बनायो । मदन भण्डारीको गाडी दुर्घटना हुँदा चालक अमर लामा भने जिवितै रहेका थिए । उनलाई दुर्घटना गराएको आरोप पनि लाग्यो । तत्कालिन एमालेले कारबाही पनि गर्यो । लामा जेल गए । पछि रिहा भएपछि पत्रपत्रिकाको व्यवस्थापनमा पनि लागे । उनको हत्या भयो । त्यो पनि पत्रपत्रिकाकै कार्यालयबाट अपहरण गरी भएको थियो ।

आजभन्दा २७ वर्ष अघि २०५० जेठ ३ गते तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमयी जीप दुर्घटनामा मृत्यु भयो । उनको मृत्युलाई तत्कालिन नेकपा एमालेका प्रभावशाली नेताहरुले हत्याकाण्ड भने । यसको पुष्टि हुन सकेको छैन ।

मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी देशको राष्ट्रपति छिन् । मदनको बहुदलीय जनवादको विरासत थामेको दाबी गर्दै आएका केपी शर्मा ओली देशको प्रधानमन्त्री छन् । तर, अझैपनि यो घटनाको रहस्य खुलेको छैन ।

मदन भण्डारी र जीवराज आश्रित चढेको जीपका चालक अमर लामा घटनामा बाँच्न सफल भएका थिए । उनलाई जेल पनि हालियो । तर, घटनाको रहस्य खुल्न सकेन । घटनाका एकमात्र साक्षी अमर लामा पनि मारिए । उनको हत्या रहस्यम भयो । हत्यामा संलग्नहरु पक्राउ पर्नु त कता हो कता पहिचान समेत हुन सकेन । यसले झनै घटनालाई रहस्मय बनायो ।

तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको रहस्यमयी निधन भएको दासढुङ्गा दुर्घटनाकाण्डका एक मात्र साक्षी थिए अमर लामा । उनलाई पनि अन्ततः मारियो । दासढुङ्गा घटनाको दश वर्षपछि २०६० साउन १२ गते राजधानीमा लामाको हत्या भएको थियो ।

‘अमर दाइ ! नमस्ते’ भन्दै तीन जना अपरिचित युवकहरू ताजा खबर साप्ताहिकको कार्यालयभित्र पसेका थिए । कार्यलयमा सो पत्रिकाका सम्पादक फणिन्द्र दाहाल, अतिथि सम्पादक ईश्वरी वाग्ले र संवाददाता ज्ञानप्रसाद पौडेल भोलिपल्ट ( सोमबार ) निस्किने अखबारको तयारीमा व्यस्त थिए । पाँच मिनेटअघि मात्र ‘जनआवाज’ नामक आफ्नो स्तम्भका लागि लेख लिएर आइपुगेका प्रबन्ध सम्पादक अमर लामालाई अप्रत्यासित रूपमा आइपुगेका ती अपरिचितहरूले ‘दाई’ भनेर सम्बोधन गर्दै ‘नमस्ते’ भनी अँगालो हालेर कार्यालयबाहिर निकाले ।

‘तपाईहरूलाई त मैले चिनिनँ नि !’ अमर लामाले प्रश्न गर्दा ‘हामी हेडक्वाटर्रबाट आएका हौँ, एउटा सानो काम छ, तपाईँ दश मिनेटमा फर्किहाल्नुहुन्छ भने ।’ र तल सडकमा पर्खिरहेको ट्याक्सीमा हालेर हुँइँकिए । विजय स्मारक हाइस्कुल, डिल्लीबजारको ठीक अगाडीबाट बा १ ज २५६० नम्बरको ट्याक्सी तुरून्तै कालिकास्थानतर्फ बेगिएपछि कार्यालयमा रहेका साथीहरू झसङ्ग झस्किए ।

कपाल मसिनो गरी काटेको, जिन्सको हाफ ज्याकेट र ढाकाटोपी लगाएको ३० वर्षभन्दा माथिको जस्तो देखिने, छोटो जुङ्गा पालेको, कालो वर्णको व्यक्तिले सेतो टी–सर्ट र आकाशे रङ्गको पाइन्ट लगाएको थियो । उवडखावड दाँत भएको त्यो व्यक्ति पहिलो भन्दा होचो कदको थियो र अर्को तेस्रो व्यक्तिले चाहिँ कालो सर्ट र कालै पाइन्ट लगाएको थियो । झट्ट हेर्दा ती व्यक्तिहरू आर्यनजस्ता लाग्थे । पहिलो व्यक्तिभन्दा ती दुईको उमेर अलि कमजस्तो लाग्थ्यो ।

लामाको अपहरण नै भएको हो भन्ने पक्का विश्वास लागेपछि सम्पादक फणीन्द्र दाहालले प्रहरी कन्ट्रोलकक्ष १०० मा तत्कालै टेलिफोन डायल गरे । ट्याक्सीको नम्बर टिप्न भ्याएका उनले कन्ट्रोल कक्षमा ताजा खबर साप्ताहिक कार्यालय डिल्लीबजार, कालिकास्थान हुँदै लाँदै गरेको जानकारी दिए तापनि सो कक्षका प्रहरीहरू अपहरण भएको ठाउँ कालिकास्थान वडा प्रहरी कार्यालय, सिंहदरबारअन्र्तगत पर्ने भएकाले उतै फोन गर्न सुझाव दिएपछि सिंहदरबार वडा प्रहरीमा फोन गर्दा २० मिनेटसम्ममा पनि फोन नउठेपछि पत्रिकाका संवाददाता ज्ञानप्रसाद पौडेलले पुनः वडा प्रहरी कार्यालय, दरबारमार्गमा प्रयोग भएको ट्याक्सीको नम्बरसमेत टिपाएका थिए ।

लामाको अपहरणको खबर लगत्तै प्रकाशक मनबहादुर न्यौपानेलाई मोबाइलमा फोन गरी दिएपछि नेपाल जुडो संघका सहसचिवसमेत रहेका न्यौपानेले शहीद दशरथ रङ्गशालाबाट दिएको दुई बजेर दुई मिनेट जाँदा लामाको मोबाइल नम्बरमा सम्पर्क गरे । मोबाइल सम्पर्क भयो तर उताबाट लामाले ‘हेल्लो, हेल्लो’ भन्दाभन्दै ‘फोन राख्’ भन्ने ठूलो आवाज न्यौपानेको कानमा बज्रियो । त्यसपछि तत्कालै मोबाइल बन्द गरियो ।

लामालाई डिल्लीबजार बालिकास्थानबाट अपहरण गरिएको ठीक दुई घण्टापछि पौने चार बजे कीर्तिपुरको नयाँ बजारमा गोली हानी एकजना व्यक्तिको हत्या गरिएको सूचना प्रहरीले पायो । घटनास्थल कीर्तिपुर, नयाँबजारको व्यस्त सडकबीचमा उपत्यका अपराध अनुसन्धान शाखा र इलाका प्रहरी कार्यालय कीर्तिपुरबाट प्रहरीहरू पुगिहाले । घटनास्थलमा पुगेपछि प्रहरीहरूलाई थाहा भयो–लास दुई घण्टाअघि अपहरित अमर लामाको हो भन्ने ।

घटनास्थलका प्रत्यक्षदर्शीहरूका अनुसार एकजना अधबैंसे मान्छे भाग्दै एउटा स्टोप पसलभित्र पस्यो । गुहार माग्दै भाग्दै गरेको उसलाई त्यहाँबाट निकालेर व्यस्त सडकमा लगी पेस्तोलद्वारा गोली हानी हत्या गरेर ती अज्ञात हत्याराहरू तत्कालै फरार भएका थिए । सडकमा ल्याई ती आक्रमणकारीहरूले ‘अमर लामा यही हो, यसलाई छाड्नु हँुदैन’ भनी गोली हानेका थिए ।

वि.सं. २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव तथा संगठन विभाग प्रमुख क्रमशः मदन भण्डारी र जीवराज आश्रित चढेको जीप सहस्यमय ढंगबाट दुर्घनाग्रस्त भएपश्चात् नेताद्वयको मृत्यु भएको थियो भने सो जीपका ड्राइभर अमर लामा जीवित रहेका थिए । मदन–आश्रितको हत्याको आरोप लागेका लामा चार वर्ष जेलजीवन बिताएर निस्केका थिए ।

आफू दासढुङ्गा जीप दुर्घटनामा निर्दोष रहेको जिकिर गर्दै आएका लामालाई एमाले पार्टीले ‘षड्यन्त्रकारी गद्दार’ घोषणा गरी पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो । जेलबाट छुुटेको केही महिनापछि नै २०५५ सालमा नेपाली कांग्रसको चुनाव प्रचार–प्रसारमा संलग्न भएका थिए ।

लामा मारिएको भोलिपल्ट अर्थात् २०६० साउन १३ गते सोमबार बिहानै अमर लामाको अपहरणमा प्रयोग गरिएको ट्याक्सी बा १ ज २५६० का चालक दाताराम अधिकारी ट्याक्सीसहित आफैं उपत्यका अपराध अनुसन्धान महाशाखामा उपस्थित भएका थिए । आश्चर्य, यस्ता अपराधमा प्रयोग गरिएको सवारी साधन प्रायः घटनापश्चात् गायव हुने गर्छन् तर लामाको अपहरणमा प्रयोग भएको ट्याक्सी प्रहरीमा आत्मसमर्पण गर्न आफै आइपुग्यो । (ब्रदर्श बुक्सले प्रकाशन गरेको पुस्तक नेपालका चर्चित हत्याकाण्डबाट)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.