• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ९ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ९ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ३. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ५. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • ६. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ७. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ८. आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना

  • ९. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

  • १०. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

एसईईको तह सर्वोच्चमा विचाराधीन

admin २०७७, असार, १५

काठमाडौँ १५ असार : १२ कक्षामा मात्र एसईई परीक्षा गर्नका लागि आदेश दिन गरिएको मागलाई रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा विचार गरिने सर्वोच्च अदालतले उल्लेख गरेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले सो माग रिट निवेदनको अन्तिम सुनुवाइ हुने क्रममा विचार गरिने उल्लेख गरेको हो । हाललाई अन्तरिम आदेशबाट सो माग पूरा गर्न नसकिने पनि सर्वोच्चले उल्लेख गरेको छ ।

यही वर्षदेखि कक्षा दशको अन्तिम परीक्षा आन्तरिक मूल्याङ्कनको आधारमा मात्र लिने गरी व्यवस्था गर्न आदेशको माग गर्दै अधिवक्ता अमिता गौतम पौडेलद्वारा सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो ।

कोभिड–१९ का कारण यो वर्ष कक्षा दशको अन्तिम परीक्षा (एसईई) स्थगित भएको थियो । सरकारले यो वर्ष मात्र सो परीक्षा आन्तरिक मूल्याङ्कनबाट निर्णय गर्ने बताइसकेको छ ।

सरकारले सो निर्णय गर्नुअघि उक्त रिट निवेदन सर्वोच्चमा दायर भइसकेको थियो । अन्तरिम आदेशबाट सो आदेश दिने वा नदिने भन्ने सम्बन्धमा अदालतले निर्णय गर्नुअघि नै सरकारले यो वर्षको एसईई परीक्षा नलिई आन्तरिक मूल्याङ्कनको आधारमा नम्बर दिने निर्णय गरेको थियो ।

रिट निवेदनमा भने अबदेखि हरेक वर्ष एसईई परीक्षा नलिई आन्तरिक मूल्याङ्कनको आधारबाट विद्यार्थीलाई नम्बर दिने गरी व्यवस्था गर्न माग गरिएको थियो ।

सर्वोच्च अदालतले यो विषय अब रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गरिने उल्लेख गरेको छ । कानुनमा माध्यामिक शिक्षालाई कक्षा १२ सम्म मानेका कारण एसईई परीक्षा पनि कक्षा १२ मा मात्र हुनुपर्ने रिट निवेदनमा माग गरिएको छ । कानुनमा बोर्डले कक्षा १० र १२ को परीक्षा लिने पनि उल्लेख छ ।

रिट निवेदनमा कानुन संशोधन गरी कक्षा १२ मा मात्र बोर्डले परीक्षा लिनुपर्ने गरी व्यवस्था गर्नका लागि आदेश दिन माग गरिएको छ । सर्वोच्चको आदेशमा भनिएको छ– ‘रिट निवेदनको विषयवस्तुको सन्दर्भमा मुद्दाको अन्तिम निर्णय हुँदा विचार हुने नै हुँदा निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन ।’

रिट निवेदनको तर्फबाट अधिवक्ताहरू कीर्तिनाथ शर्मा पौडेल, विशालकुमार उपाध्याय, नवराज पाण्डेलगायतले बहस गरेका थिए ।नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.