• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

श्रम स्वीकृति दिनका लागि तयार भयो श्रम कार्यालय, निर्णय कुर्दै श्रम मन्त्रालय

मनोज पराजुली । काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिनको लागि श्रम कार्यालय ताहाचलले आन्तरिक रुपमा तयारी पुरा गरेको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारी सरकारले खुला गर्ने निर्णय गरेसंगै आवश्यक तयारी पुरा गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले साझा सबाललाई जानकारी दिए ।
स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २/२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको बस्नेतले बताए । कार्यालय परिसर सरसफाइ गरेर २/२ मिटर दुरीमा लाइन बस्ने मिल्ने बनाएका छौं कार्यालय प्रमुख बस्नेतले भने ‘श्रम स्वीकृति खुल्ने कुरा आएसंगै आवश्यक तयारी गरिएको हो, श्रम स्वीकृति खुल्दा सेवाग्राहीलाई कसरी व्यवस्थापन गर्ने बारे तयारी पुरा भएकोले मन्त्रीपरिसद् को निर्णय आएसंगै सेवा प्रवाह गर्छौं ।’
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागि बाटो खुलाएको थियो ।सीसीएमसी बैठकले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने उल्लेख गरेको थियो । सोहि अख्तियारीको आधरमा श्रम मन्त्रालयको सिफारिसका आधारमा विदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय आएको र उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रीपरिसद् बाट स्वीकृत हुन बाँकि रहेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबाललाई जानकारी दिए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । श्रम कार्यालय ताहाचालले वैदेशिक रोजगार मागपत्रको स्वीकृतिका साथै श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

साउन ७ सम्म अन्तराष्ट्रिय उडान बन्द
श्रम कार्यालयहरुले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरेपनि ततकाल उनीहरु नियमित हवाई उडानबाट विदेश जान पाउने छैनन् । असार १५ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अहिलेकै मोडललाई निरन्तरता दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भने निजी सवारीसाधनलाई जोर विजोर प्रणाली लागू गरिएको छ । साथै उद्दार बाहेकका सबै हवाई उडान साउन ७ सम्म नै बन्द नै निर्णय गरेको छ । जसका कारण श्रम स्वीकृति लिनको लागि श्रम कार्यालय जाने र श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन ।

नियमित उडान नभएपनि चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा नेपालबाट कामदार विदेश जान सक्ने बताइएको छ तर त्यस वापत कामदारले महँगो हवाई शुल्क तिर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.