मदिरा सेवनपछि अंगालो हाल्दै चुम्बन माग्ने वडाध्यक्षमाथि बलत्कार आरोप
कञ्चनपुर,असार २० । महिलाको पसलमा राती अबेरसम्म मदिरा सेवन गरेर चुम्बन माग्ने वडाध्यक्षमाथी बलत्कारको आरोप लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथले गत विहिबार महिलाको पसलमा बसेर मदिरा सेवन गरेका थिए ।
वडा नम्वर ९ ब्रह्मदेवमा नै व्यवसाय गर्दै आएकी एक महिलाले वडाध्यक्षमाथि जवरजस्तीकरणी उद्योगमा जाहेरी दिएपछि उनिमाथि बलत्कारको आरोप लागेको हो ।
बिहिवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेपछि नाथ पक्राउ परेका थिए।
स्थानीयले महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए। साथै इप्रकामाथि ढुंगामुढा समेत प्रहार भएको थियो। मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बवन’ मागेको स्थानीयको आरोप छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
