पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी
काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीभित्रको अन्तरविरोध हल गर्नेगरि दुई अध्यक्ष छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकको पहिलो दिनमै नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् ।
अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमै ओलीको राजीनामा मागेका थिए । उनीहरुले ओलीबाट अब पार्टी र सरकार दुवै चल्न नसक्ने दाबी गरेका छन् । स्थायी कमिटी बैठकबाट बहुमतले निर्णय गरेर ओलीलाई दुवै पदबाट हटाउने तयारी भैरहेको बेलामा ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेर पार्टीभित्रका आफू विरोधी समूहलाई चिढ्याएका थिए ।
अध्यक्षद्धयबीच पछिल्लो समय लगातार छलफल भैरहेका छन् । कहिले एक्लाएक्लै त कहिले सहयोगी राखे । हिजो आइतबार दुवै पक्षबाट दुई/दुई जना नेताहरु राखेर ओली दाहाल छलफलमा बसेका थिए । हिजोको छलफलमा ठोस सहमति नभएपनि सहमति खोज्नेबारे सहमति भएको थियो । छलफलमा ओली समूहबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल सहभागी थिए भने दाहाल समूहबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


