हवाई उडान खोल्ने तयारी
काठमाडौँ | विश्वव्यापी कोरोना महामारीको कारण बन्द गरिएको हवाई उडान चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडान खोल्ने तयारी थालिएको र त्यसपछि अगस्त दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान पनि खोल्ने तयारी भएको जानकारी दिएका छन् ।
मन्त्री भट्टराईले आन्तरिक तथा वाह्य उडान खोल्ने गरी पूर्वतयारी सुरु भएको जानकारी दिएका छन् । सरकारले अन्य देशले हवाई उडान खोलेको अभ्यासलाई अध्ययन गरि त्यसै मापदण्ड अपनाएर उडानहरु खोल्ने बुझिएको छ । हाल कोभिड–१९ को जोखिम न्युनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी प्रोटोकल तयार गरि स्वीकृत भइसकेको अवस्था छ ।
सरकारले यसअघि साउन ६ गतेसम्मको लागि अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा प्रतिबन्ध लगाएको छ ।
हिमालयको उद्धार उडान तालिका सार्वजनिक
हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ ।
विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो । हिमालयको उडान तालिकाअनुरुप जुलाई १५ मा अबुधाबी र यूएई समान एक उडान गर्नेछ भने जुलाई १८ मा पनि सोही गन्तब्यमा एक उडान हुनेछ । जुलाई १६ र २० गते साउदी अरेबियाको रियादमा एक–एक उडान गर्ने हिमालयको तालिका छ ।
त्यस्तै जुलाई १६ मा दमाममा दुई र जुलाई २० मा एक उडान हुने जनाइएको छ । बहराइनको मनामामा जुलाई १७ मा एक उडान गर्ने हिमालयले जुलाई १७, १८ र २० तारिखमा कतारको दोहामा समान एक उडन गर्ने कम्पनीले उल्लेख गरेको छ । मलेसियाको क्वालालम्पुरमा जुलाई १९ तारिखमा दुई उडान हुने र सोही गन्तव्यमा जुलाई २१ मा दुई उडान हुने हिमालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वायुयानमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड उडान हुने कम्पनीले जनाएको छ । यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्नुपर्नेछ । यात्रु नेपाल आइसकेपछि सरकारको निर्णयअनुसार अनिवार्य क्वारेन्टिनमा रहनुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सको जुलाई १५ देखि २२ सम्म सञ्चालन हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरिसकेको छ । यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ । हिमालयको १५ भन्दा बढी चार्टर्ड उडान हुनेछ ।
सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
