• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ६ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ७ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ७ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ८ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • २. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ३. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ४. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • ५. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ६. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ७. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ८. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • १०. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

म्यानपावर व्यवसायी २२ देशमा कामदार पठाउँछन् तर कामदार पुग्छन् १२७ देश (सूचिसहित हेर्नुहोस् )

admin २०७७, श्रावण, ३

मनोज पराजुली । साउन ३, काठमाडौं । वैदेशिक रोजगारीमा १ सय २७ देशमा जानको लागि ३ लाख भन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष (२०७६/०७७) को वार्षिक श्रम स्वीकृति विवरण अनुसार संस्थागत, व्यक्तिगत श्रम स्वीकृति, पुन: श्रम स्वीकृति र वैधानिकरण गरि ३ लाख ६८ हजार ४ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् ।

म्यानपावर कम्पनी मार्फत १ लाख ७२ हजार २ सय ६६, वैधानीकरण मार्फत ८ हजार ५१४, पुन : श्रम स्वीकृति लिएर १ लाख ७७ हजार ९८० जना र ७ हजार ६३६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेहरुमध्ये ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला रहेका छन् ।
म्यानपावरको पहुँच २२ देशमा मात्रै
सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा कामदार पठाउन ११० वटा देश खुल्ला गरेको छ जसमध्ये इराकमा कामदार पठाउन रोक लगाइएको छ । तर म्यानपावर कम्पनीले भने २२ वटा देशमा मात्रै श्रमिक पठाएका छन्। गत वर्ष रोजगारीका लागि १ सय २७ देशमा नेपाली पुगेका छन् ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार म्यानपावर कम्पनीले २२ देशमा १ लाख ७२ हजार २ सय ६६ जनालाई विदेश पठाएका छन् । यी मध्ये १५ हजार १ सय २९ जना महिला छन्।

म्यानपावर व्यवसायीले श्रम स्वीकृति निकालेका २२ देशमध्ये मध्ये खाडीका तीन देश र मलेसिया नै गत वर्ष पनि प्रमुख श्रम गन्तव्य रहेका छन् । म्यानपावर मार्फत युएई ४६ हजार ५४२, साउदी ३९ हजार २३६, मलेसिया ३८ हजार ९० र कतार २७ हजार ५१ जनाको श्रम स्वीकृति लिएका छन् । त्यस्तै अफगानिस्तान १४०, बहराइन ३०४८, ब्रुनई दारुस्लाम १०७, साइप्रस १ हजार ४४२, हङकङ ८५, जापान १८९, जोर्डन २ हजार ३७२, कुवेत ८ हजार ४०० र मकाउ २३२ जनाको श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मालदिभ्स ६, माल्टा १५८, मौरिसस ५८, ओमान १ हजार ६१६, पानामा ७३, पोल्याण्ड १२, पोर्चुगल १०८, रोमानिय १ हजार ४४२ र टर्कीको लागि ५०२ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा २ लाख ८ हजार ३ सय ५२ जना र आर्थिक वर्ष २०७४/०७५ मा ३ लाख ५४ हजार ८२ जना म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका थिए।

कुन देशमा कति ?
गतवर्ष श्रम स्वीकृति लिएका जम्मा संख्याका आधारमा सबैभन्दा अगाडी युएई रहेको छ । युएई पछि साउदी अरेबिया, कतार, मलेसिया रहेका छन् । युएईका लागि ९३ हजार ४२४, साउदीका लागि ८२ हजार १६३, कतारका लागि ८१ हजार ५६७ र मलेसियाका लागि ५९ हजार ७१४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कुवेतका लागि १६ हजार ८६२, बहराइनका लागि ६ हजार १८९, ओमानका लागि ४ हजार १३९, जापानका लागि ३ हजार ७२८, जोर्डनका लागि २ हजार ६२७ जना, रोमानियाक अलागी २ हजार २८, साइप्रसका लागि १ हजार ९९५ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै गरि माल्टाका लागि १ हजार ८५०, मकाउको लागि १ हजार ५३७ जना, माल्दिभ्सको लागे १ हजार ३६ जना, टर्कीको लागि १ हजार ५५ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका अन्य देशहरुमा अफगानिस्तान ९२४, क्रोसिया ६४६, प्रोचुगल ६२७, पोल्याण्ड ४४८, सेसेल्स ४९४, इजरायल ३४२, ब्रुनई दारुस्लाम ४३१ जना रहेका छन् ।

अघिल्लो वर्ष भन्दा घट्यो
अघिल्लो आर्थिक वर्ष (२०७५/७६) को तुलनामा गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको संख्यामा २७ दशमलव ५९ प्रतिशतले गिरावट आएको छ । २०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २ जना विदेशिएका थिए । गत वर्ष ३ लाख ६८ हजार ४ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् भने श्रम स्वीकृति लिएका मध्ये अझै केहि विदेश जान बाँकी नै छन् । गत आवमा कोरोना भाइरसका कारण फागुन २९ बाट श्रम स्वीकृति बन्द हुदा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्यामा गिरावट आएको हो ।

काम गर्न नेपाल आउने बढे
अघिल्लो आर्थिक वर्ष (२०७५/७६) को तुलनामा गत आर्थिक वर्षमा नेपालमा काम गर्न श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालमा काम गर्नको लागि कुल २ हजार ५० जनाले श्रम स्वीकृति लिएका छन् ।

महिला ३२६ र पुरुष १७२४ जना गरि जम्मा २ हजार ५० जनाले श्रम स्वीकृति लिएका छन् । १४२ महिला र ९४९ पुरुषगरि १ हजार ९१ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने १८४ महिला र ७७५ पुरुष गरि ९ सय ५९ जनाले पुन श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा १ सय १९ महिला र ८ सय ६२ पुरुष गरि कुल १९ सय ८१ जनाले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका थिए ।

श्रम स्वीकृति लिएका मध्ये अधिकांश चिनिया कामदार रहेको विभागका प्रवक्ता मणिनाथ गोपले साझा सवाललाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.