एभरेष्ट बैंकका दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि, कार्यालय ‘सिल’
जानकारी केन्द्र
२०७७, श्रावण, २६
साउन २६, काठमाडौँ । एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई ‘कोरोना संक्रमण’ देखिएपछि दुई दिनलाई कामकाज बन्द गरिएको छ।
गत शुक्रबार कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएको हो।
संक्रमण पुष्टि भएपछि बैंकका कर्मचारीमा त्रासको अवस्था रहेको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् । संक्रमण नदेखिएका कर्मचारीहरुलाई ‘होम आइसोलेसन’ मा राखिएको छ ।
दुई दिनपछि सञ्चालक समितिको बैठक भएकाले पर्सि कार्यालय खोल्ने सर्कुलर गरिएको छ। बैंकको कपिलवस्तु र वीरगञ्जस्थित शाखाका कर्मचारीहरुलाई पनि संक्रमण देखिएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


