• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ६ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ७ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ७ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ७ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • २. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ३. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ४. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • ५. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ६. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ७. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ८. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • १०. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विदेशबाट फर्कनेलाई नयाँ नियम लागू, के के छ प्रावधान ?

admin २०७७, श्रावण, ३१

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले विदेशबाट आउने नेपालीहरुलाई नयाँ नियम लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट घर फर्कनलेलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमण नभएको प्रमाणित गरेर मात्र घर पठाउने निर्णय गरेको हो ।अबदेखि काठमाण्डौ उपत्यकाका तीन जिल्लाको समन्वयमा काठमाण्डौ, ललितपुर र भक्तपुरमा क्वरेण्टीनको व्यवस्था गरिने भएको छ । अबदेखि विदेशबाट आइपुगेको पाँचदेखि सातदिनभित्र पीसीआर परीक्षण गरिनेछ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएमा मात्र घर जान पाइनेछ । पोजेटिभ देखिएमा कोरोना मुक्त भएपछि मात्रै सरकारले घर पठाउनेछ ।यसअघि विदेशाबाट स्वदेश आएकाहरुलाई विमानस्थलमा स्वास्थ्य जाँचपछि सिधै प्रदेश अनुसारको होल्डिङ सेन्टरमा लैजाने र त्यहाँ स्वास्थ्य जाँच गरेपछि कोरोनाको शंका नलागेमा सम्बन्धित जिल्ला पठाउने गरिन्थ्यो ।

सो पश्च्यात सम्बन्धित जिल्लाबाट आफ्नो पालिकाको क्वरेण्टीन वा होटल क्वरेण्टीनका साथै होम क्वरेण्टीनमा बस्न पाइथ्यो । त्यस्तै सामान्य स्वास्थ्य जाँचमा ज्वरो, खोकी लगायत कोरोनाको लक्षण नदेखिएमा त्यसै दिन सम्बन्धित जिल्लामा पठाइन्थ्यो ।आधा लाख नेपाली स्वदेश आइपुगे, अब भने दैनिक ५ सयको मात्रै उद्धारसरकारले गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान सुरु गरेको थियो । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ जना नेपाली स्वदेश आइपुगेका छन् ।

अहिलेसम्म फर्किएका ५० हजारमध्ये ६२ जना अस्पतालमा रहेका कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ । सीसीएमसीका अनुसार विदेशबाट फर्किएकामध्ये ५ हजार ३७१ जना होम क्वरेण्टीनमा छन् भने १३ सय ५२ जना होटल क्वरेण्टीनमा रहेका छन् । ३८ हजार २२२ जना सम्बन्धित प्रदेशमा गएको सीसीएमसीले जनाएको छ ।

कुन देशबाट कति फर्किए ?
अहिलेसम्म अफगानिस्तानबाट ३३ जना, अस्ट्रेलियाबाट ९४३ जना, ओमानबाट ६३६ जना, कतारबाट ५ हजार ८४६ जना, म्यानमारबाट २६ जना, कुवेतबाट ६ हजार ३२९ जना, जापानबाट एक हजार २३ जना, थाइल्याण्डबाट ३२६ जना, दक्षिण कोरियाबाट ७२० जना, बंगलादेशबाट ८४१ जना, मलेसियाबाट ७ हजार ६०६ जना स्वदेश आइपुगेका छन् ।

यस्तै माल्दिभ्सबाट ७०९ जना, श्रीलंकाबाट ५ जना, यूएईबाट १४ हजार ५९ जना, साउदी अरेबियाबाट ७ हजार ८१७ जना, सिंगापुरबाट २९७ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट ९८० जना, अमेरिकाबाट ४२३ जना, बेलायतबाट २२९ जना, इजरायलबाट १२७ जना स्वदेश फर्किएका छन् ।

चीनबाट २०८ जना, टर्कीबाट ११० जना, फिलिपिन्सबाट २०१ जना, स्वीजरल्याण्डबाट १० जना, दक्षिण सुडानबाट २५० जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश फर्किएका सीसीएमसीले जनाएको छ ।

कुन प्रदेशका कति ?
अहिलेसम्म प्रदेश १ का १० हजार ५६२ जना, प्रदेश २ का ८ हजार ३४४ जना, वाग्मती प्रदेशका १३ हजार ७२४ जना, गण्डकी प्रदेशका ६ हजार ४१७ जना, प्रदेश ५ का ८ हजार ३४९ जना, कर्णाली प्रदेशका ११ सय ५१ जना र सुदूरपश्चिम प्रदेशका १२ सय ८४ जनास्वदेश आइपुगेका छन् । सरकारले यसअघि भदौ १ गतेदेखि नियमित उडान गर्ने भनेको थियो । तर कोरोनाको जोखिम बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु भदौ मसान्तसम्म बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.