तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजार
तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए ।उनले आगोबाट पानी तताई त्यसको बाफबाट मेशिनको प्रयोग गरी तीतेपातीको तेल निकाल्न थालिएको तर प्रविधिको सहयोग पाएमा काम छिटो छरितो र प्रभावकारी हुने हुँदा सरकारले यसको व्यवस्थापन गर्नुपर्ने बताए ।
करिब चार रोपनी जग्गामा रु १५ लाखको सानो मेशिन जडान गरिएको छ । उनले यसबाट काम गर्न समस्या रहेकाले ठूलो मेशिन स्थापना गरेर पाल्पामा पाइने अदुवा, बेसार तथा अन्य जडीबुटीसमेत प्रशोधन गर्न सकिने सुनाए ।सहकारीले गाउँटोलमा पाइने तीतेपातीलाई प्रतिकिलो रु आठ मा खरिद गर्दै आएको छ । पाखो जग्गामा रहेको तीतेपातीबाट स्थानीयस्तरमा समेत स्वरोजगार सिर्जना हुने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । पाँच क्विन्टल तीतेपाती एक पटकमा पेल्दा एक लिटर तेल निस्कन्छ । एक लिटर तेललाई रु १० हजारसम्ममा बिक्री गर्न सकिन्छ ।
पाल्पामा पनि बेसार, अदुवा, तेजपातलगायतबाट समेत मनग्य आम्दानी लिन सकिने सहकारी संस्थाले जनाएको छ । गाउँघरमा प्रशस्तै औषधिजन्य जडीबुटी पाइए पनि यसको प्रशोधन सुविधा नहुँदा र महत्व नचिन्दा ओझेल परेकामा अब सहकारीले प्रशोधन यन्त्र उपलब्ध भएमा अन्य जडीबुटीलाई पनि प्रशोधित गर्ने र विदेशमा समेत निर्यात गरेर राम्रो आर्थिक उपार्जन गर्ने योजना बनाएको छ । नेपालमै उदाहरणीय कार्य गरेको सहकारीले बाँदर, बँदेल, दुम्सीलगायत जङ्गली जनावरले खेती खाइदिएर हैरान परेका पाल्पाली कृषकमा जङ्गल, खेतबारीमा समेत राम्रोसँगै फैलिनसक्ने तितेपातीबाटै पनि राम्रो आम्दानी गर्न सक्ने आशा पलाएको छ ।
सहकारीका सदस्य बुद्धिराज गौतमले फ्याँकिएका बिरुवाबाट पनि आम्दानी लिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण तीतेपातीको तेल निकाल्ने कार्यले सबैमा उत्साह थपेको बताए । संस्थाले अहिले सात जनालाई रोजगारीसमेत दिएको छ । विसं २०५६ मा स्थापना गरिएको संस्थामा १६५ शेयर सदस्य छन् ।
रासस
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
