ललाईफकाई डेरामा राखी बलात्कार गर्ने पक्राउ
जानकारी केन्द्र
२०७७, भाद्र, ४
काठमाडौं, जबरजस्ती करणी गरेको अभियोगमा लिल बहादुर मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ललितपुरकी ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका बस्दै आएका उदयपुर घर भएका मगर पक्राउ परेका हुन् ।
हिलालाई गत साउन २१ देखि ३२ गतेसम्म ललाईफकाई आफ्नै डेरा कोठामा राखी पटक पटक जबरजस्ती करणी गरेका मगरलाई प्रहरी वृत्त महाराजगंजमा खटिएको प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा बुझाएको जनाएको छ ।
त्यस्तै मकवानपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिकाका एक किशोर पक्राउ परेका छन् । बालिकालाई गत असार २३ गते बिहान आफ्नै घरमा जबरजस्ती करणी गरेका किशोरलाई पालुङबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
