कपडाको मास्क कतिको प्रभावकारी हुन्छ र कसरी लाउदा राम्रो ?पढ्नुहोस्
काठमाडौैं । कोरोना भाइरसको महामारी चलेसँगै विश्व मास्कमय बनेको छ । धेरै मुलुकमा सरकारले नै मास्क अनिवार्य गरेको छ भने कतिपय मुलुकमा नागरिक नै सचेत भएर मास्क लगाउन थालेका छन् ।नेपालमा सरकारले मास्क नलगाइ हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ ।
तर मास्क कस्तो लगाउने र कसरी लगाउने भन्ने विषयमा भने धेरै बेखबर रहेको देख्न सकिन्छ ।नेपालमा कपडाको मास्क भन्दा पनि महँगो र स्वास्थ्यकर्मीले बढी प्रयोग गर्ने सर्जिकल वा एन ९५ जस्ता मास्कहरू धेरैले प्रयोग गर्छन् । तर बाहिर हिँड्दा गैर चिकित्सक वा सर्वसाधारणहरूको लागि कपडाको मास्क पनि लगाउनु उपयुक्त हुने तर्क डब्ल्यूएचओको छ ।
विश्वस्वास्थ्य संगठनकी स्वास्थ्य आपतकाल कार्यक्रमकी सरुवा रोग विशेषज्ञ डा. अप्रिल बलेर सर्वसाधारणको लागि सामान्य हिँडडुलको क्रममा सामाजिक दुरी कायम गरेर हिँड्दा कपडाको मास्क पनि उपयुक्त हुने बताउँछिन् । तर यसमा कम्तीमा एक मिटरको सामाजिक दुरी भने कायम गर्नै पर्ने उनी बताउँछिन् ।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला जस्तोसुकै मास्क लगाए पनि सामाजिक दुरी कायम नगर्ने हो भने कोरोनाबाट बच्न कठिन रहेको बताउँछन् । उनी राम्रोसँग लगाउने हो भने सफा र नफाटेको जस्तो सुकै मास्क लगाउन उपयुक्त हुने बताउँछन् । उनी मास्क लगाउने शैली र सामाजिक दुरी नहुने हो भने मास्कले मात्रै कोरोना रोक्न नसक्ने बताउँछन् ।
कपडाको मास्क हातैले बनाउन पनि सकिने र पसलमा किनेर पनि प्रयोग गर्ने गरिन्छ । यद्यपि कपडाको मास्क पनि तीन लेयरको हुनुपर्नेमा भने डब्ल्यूएचओले जोड दिएको छ । जसमध्ये सबैभन्दा बाहिरी लेयरमा पानीले नभिज्ने खालको कपडाको प्रयोग गर्नुपर्ने, भित्री लेयरमा पानी सोस्नेखालको कपडा प्रयोग गर्नुपर्ने र बीचमा रहेको कपडा फिल्टर गर्नमिल्ने खालको हुनुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ ।
मास्क कसरी प्रयोग गर्ने ?
मास्क प्रयोग गर्नुपूर्व साबुन पानीले २०देखि ६० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ । अल्कोहल मिसाइएको हात धुने बस्तु भएमा २० देखि ३० सेकेण्ड र अरू साबुनले भए ४० देखि ६० सेकेण्डसम्म साबुनपानीले हात धुनुपर्छ ।
मास्क शुद्ध र सफा छ या छैन भनेर यकिन गर्नुहोस् । यही मास्क कतै च्यातिएको छ या फोहोर छ भने त्यसलाई लगाउनु हुँदैन । मास्क निकाल्ने बेलामा मास्कको दुवैतर्फको डोरीमा मात्रै समाएर नाक, मुख र चिउँडो समेत छोपिनेगरी मास्क लगाउनुपर्छ ।
मास्क लगाउँदा मास्क र अनुहारकोबीचमा कतै पनि खाली ठाउँ हुनुहुँदैन र दायाँबायाँबाट सास निस्कने छिद्र पनि राख्नुहुँदैन । मास्क लगाइरहेको बेलामा मास्कलाई हातले चलाउनुहुँदैन । यदि झुक्किएर पनि मास्कमा हात पु¥याइयो भने तत्कालै साबुन पानीले हात धोइहाल्नुपर्छ ।
मास्क निकाल्ने बेलामा पनि मास्क लगाउने बेलामा जस्तै साबुन पानी वा अल्कोहल मिसिएको कुनै बस्तुले हात धुनुपर्छ । त्यसपछि दुवै हातले मास्कको डोरीमा समाएर बिस्तारै मास्क निकाल्नुपर्छ । मास्कको अघिको भागमा छुनुहुँदैन । मास्क खोलीसकेपछि फेरि साबुनपानीले हात धुनुपर्छ ।
मास्क लगाउँदा ध्यान दिनुपर्ने कुरा यो पनि हो कि आफूले प्रयोग गरेको मास्क अरूलाई प्रयोग गर्न दिनुहुन्न । यदि कपडाको मास्क भिजेको छ भने त्यसलाई सुख्खा बनाएर मात्रै प्रयोग गर्नुपर्छ । यसलाई नलगाउने बेलामा सफा प्लास्टिकभित्र राख्न सकिन्छ । यदि मास्क फोहोर भएको छ भने त्यसलाई साबुनपानीले धुनुपर्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
