उद्धार उडान पुनः सुचारु गर्ने निर्णय
काठमाडौं, ४ भदौ । मन्त्रिपरिषद बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई ल्याउनको लागि चाटर्ड तथा उद्धार उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ ।
बैठकले अब हवाई मार्गबाट आउनेहरुले काठमाडौंमा ओर्लिएपछि अनिवार्य रुपमा एक सातासम्म सरकारले तोकेको होटलमा बस्नुपर्ने छ । त्यो पनि आफ्नै खर्चमा । तस्विर स्रोत : प्रधानमन्त्रीको सचिवालय
यो पनि हेर्नुहोस
कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? यी हुन् १३ उपाय
१, घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा तथा फेस मास्क अनिवार्य लगाऔं ।
२, एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा÷परिवर्तन गरौ ।
३, घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिकरुपमा सफा राखौं ।
४, घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि÷बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।
५, ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।
६, घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली÷प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं ।
७, सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौं।
८, रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
९, घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं।
१०, एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनः प्रयोग गरौं ।
११, खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔं ।
१२, यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३, दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
