काठमाडौं, ५ भाद्र । नेपालमा आज एकै दिन ११ जना को रोना भाइ रसका संक्रमितको मृ त्यु पुष्टि भएको छ । यो कोरोना संक्रमणबाट अहिलेसम्मकै एकै दिन सर्वाधिक मृ त्यु पुष्टि भएको रेकर्ड हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृ तकहरुमा एक महिला र १० पुरुष छन् । मृत कमध्ये दोलखा घर भएकी महिला हुन् भने बाँकी पुरुष हुन् ।
डा. गौतमका अनुसार ११ जिल्लामा ११ जनाको मृ त्यु भएको हो । मृत्यु भएकाहरु मोरङ, पर्सा, बारा सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका बासिन्दा हुन् ।
आजको मृ त्युसँगै कुल मृतक संख्या एक सय ३७ पुगेको छ । मृत्यु हुनेमध्ये एक सय ६ पुरुष र ३१ महिला छन् । कुल मृ तकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।
र यो पनि हेर्नुहोस
कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? यी हुन् १३ उपाय
१, घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा तथा फेस मास्क अनिवार्य लगाऔं ।
२, एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा÷परिवर्तन गरौ ।
३, घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिकरुपमा सफा राखौं ।
४, घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि÷बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।
५, ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।
६, घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली÷प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं ।
७, सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौं।
८, रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
९, घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं।
१०, एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनः प्रयोग गरौं ।
११, खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔं ।
१२, यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३, दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं ।






