पूर्व मन्त्री यादवको निधन, भोलि दाहसंस्कार गरिने
काठमाडौं, ८ भदौ । पूर्व गृह सहायकमन्त्री सोनेलाल राय यादवको निधन भएको छ । यादवको आज वीर अस्पतालमा उपचारकै क्रममा पौने तीन बजे निधन भएको उनका जेठा छोरा रागोपाल राय यादवले जानकारी दिए । ७२ वर्षीय यादव वीर अस्प्तालको आईसियुमा उपचारार्थ थिए
उनी ६३ दिनदेखि वीरमै उपारार्थ थिए । सर्लाही साविक खुटौना गाविस वडा नम्बर ४ (हाल मलंगवा नगरपालिका वडा नम्बर ६) घर भएका यादवकी श्रीमती कैलाशदेवी यादव, दुई छोरा रामगोपाल राय यादव र लालबाबु राय यादव छन् भने एक छोरी अनिता यादव छिन् ।
मृत्तक यादवका जेठो छोरा रामगोपालका अनुसार वीरमा ल्याउनुअघि उनलाई काठमाडौंको ओम अस्प्तालमा एक हप्ता राखिएको थियो । मेनिजाईटिस भएपछि यादवलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको थियो । राजाको प्रत्यक्ष शासन कालमा यादव गृह सहायक राज्यमन्त्री थिए ।
यादवको शव आजै जिल्ला लगिने र भोलि दाहसंस्कार गरिने परिवारले जनाएको छ । यादव २०२८ सालदेखि गाउँ प्रक अधिकारी, मजदुर संगठनको केन्द्रिय कोषाध्यक्ष र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालिन राप्रपा संयुक्तका प्रदेश नम्बर २ का प्रमुख थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
