Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, भाद्र, १३
गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” सार्वजनिक

काठमाडौँ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ ।

साहुसगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको वास्तविक कथालाई गीतमा समेटिएको छ । रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ । गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृष्ण केसीले गरेका छन् ।

सुशील डाँगी र राहुल राईको छायाँकन, अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । “पैसाको अभाव” गीतको भिडियोमा सारिका केसी , जय देवकोटा , शेखर दाहाल र बाल कलाकारको भुमीकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स