काठमाडौँ, १४ भाद्र । पछिल्लो समय म्युजिक भिडियोमा निकै नै व्यस्त नायिका एलिजा गौतमको अर्को “अटो पिठो खाइन्छ …” बोलको दमदार गित सोमबार बजारमा आउने तयारी रहेको बताइएको छ ।
चर्चित नायक पल साह सग नायिका एलिजको जोडदार अभिनय रहेको उक्त गितमा निशान भट्टराई र सोनीका लामाको स्वोर रहेको छ भने म्युजिक दिपक शर्माको रहेको छ । यस्तै उक्त गितमा कोरियोग्राफी गम्भीर बिष्टको रहेको छ भने क्यामरामा राम केसी रहेका छन ।
“अटो पिठो खाइन्छ …” बोलको म्युजिक भिडियोको डाइरेक्स्न भने टेकेन्द्र शाहले गरेका छन । सो गित LimelightNepal युट्युब च्यानल मार्फत आउने बताइएको छ ।