कतारको ऐतिहासिक निर्णयः रोजगारदाता फेर्न पाइने, न्यूनतम तलव तोकियो
काठमाडौं । कतारले श्रम कानूनमा महत्वपूर्ण परिवर्तन गर्दै न्यनूतम तलव वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानून नं १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि अव रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो ।
कतार सरकारको यस निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले यसलाई ऐतिहासिक परिवर्तन भनेको छ । आइएलओले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति चाहिने व्यवस्था खारेज तथा खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको जनाएको छ । यसले कतारी श्रम बजारमा नयाँ युग सुरु हुने आइएलओको भनाई छ ।
कतारले यसअगाडी नै कफाला हटाउने घोषणा गरिसकेको थियो । यसैगरी कानून नं १७, २०२० लागू गर्दै कतारले न्यनूतम तलव तोकेको छ । सो कानून अनुसार अव कतारमा न्यूनतम तलव १ हजार रियाल हुनेछ । यो निर्णय सरकारी राजपत्रमा प्रकाशित भएको ६ महिना भित्रमा लागू हुने व्यवस्था छ । यो निर्णय सवै श्रमिकलाई लागू हुनेछ । यसैगरी कतारमा हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ । यसले कतारमा खाना तथा आवास सहित न्यूनतम तलव १ हजार ८ सय रियाल हुनेछ ।
कतार सरकारको निर्णयलाई अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले पनि महत्वपूर्ण निर्णय भन्दै स्वागत गरेको छ । नयाँ कानूनले रोजगारदाताको श्रमिक माथिको नियन्त्रणको अन्त्य हुने आईटीयूसीको धारणा छ । यसैगरी खाडी क्षेत्रमै न्यूनतम ज्याला निर्धारण गरेर कतारले ऐतिहासिक काम गरेको सो संस्थाको भनाई छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
