दिल्लीबाट ल्याइएका महिलाहरुको अनुसन्धान सुरु
नेपाली महिला तथा युबतीहरुलाई भारतको नयाँदिल्ली हुँदै अत्यन्त जोखिमपूर्ण कामको लागि पर्यटक र कलाकारको भिसा मिलाई तेस्रो मुलुक पुर्याउन लागिएको अवस्थामा मंगलबार काठमाडौं ल्याइएका २७ जना महिलाहरुको अवस्थाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान सुरु गरेको छ ।
नेपाली महिलालाई कुर्दिस्तान, केन्या, तान्जिनिया भनि खाडी मुलुकको दुबई लगायत विभिन्न सहरहरुमा कामको लागि लैजान भारतस्थित दिल्लीमा लगेको अवस्थामा भारतीय प्रहरीले अनुसन्धान तथा उद्धार गरी सिडब्ल्यूसि मा राखिएको जानकारी प्राप्त भएपछि नेपाल बायु सेवा निगमको जहाजबाट मंगलबार स्वदेश फिर्ता ल्याइएको हो ।
स्वदेश ल्याइएका युबतीहरुमा खोटाङकी २६ वर्षीया मालती राई, खोटाङकी ३९ वर्षीया लक्ष्मी राई, सिन्धुपाल्चोककी २० वर्षीया पूजा तामाङ, उदयपुरकी २९ वर्षीया शोभाकुमारी परियार, नवलपरासीकी २९ वर्षीया कृष्णादेबी बि.क., झापाकी २१ वर्षीया उमा भुजेल, सिन्धुपाल्चोककी २३ वर्षीया शर्मिला थापा, नवलपरासीकी ४५ वर्षीया फूलकुमारी, उदयपुरकी २२ वर्षीया कमला, झापाकी २९ वर्षीया कल्पना, सिन्धुपाल्चोककी १९ वर्षीया सबिता, सिन्धुपाल्चोककी १८ वर्षीया सोनाम डोल्मा, सिन्धुपाल्चोककी ३५ वर्षीया अम्मो र काभ्रेकी २७ वर्षीया सम्झना रहेका छन् । यसैगरी दाङकी ३२ वर्षीया शिला, काभ्रेकी २५ वर्षीया मास्लोमाया तामाङ, रुपन्देहीकी ३० वर्षीया किष्नु, धादिङकी ३० वर्षीया कालीमाया तामाङ घले, रामेछापकी २३ वर्षीया सुकमाया घिसिड, नुवाकोटकी २२ वर्षीया छेगु डोल्मा तामाङ, सिन्धुपाल्चोककी २० वर्षीया पेमा झोकी, सिन्धुपाल्चोककी ३३ वर्षीया याङजी लामा, नुवाकोटकी ३० वर्षीया शारदा तामाङ, गोरखाकी ३४ वर्षीया मोनिका भण्डारी, सोलुखुम्बुकी २० वर्षीया लक्ष्मी तामाङ, सोलखुम्बुकी १९ वर्षीया अनशोपा शेर्पा र चितवनकी ३४ वर्षीया उरमाया थिङ रहेका प्रहरी जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
