Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

कक्षा १२ को परीक्षा पुरानै ढाँचामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, आश्विन, २०
कक्षा १२ को परीक्षा पुरानै ढाँचामा

काठमाडौं, असोज २० । कोरोना संक्रमणका कारण ६ महिनादेखि हुन नसकेको कक्षा १२ को परीक्षा विद्यार्थी उपस्थितिकै आधारमा सञ्चालन गर्ने अनुमतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ।

तीन दिनअघि पठाएको सुझावसहितको प्रस्तावमा कक्षा १२ को विद्यालय शिक्षाको अन्तिम परीक्षा भएको र स्वदेश तथा विदेशमा समेत उच्च शिक्षा हासिल गर्न राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको लिखित परीक्षा नै मान्य हुने भएकाले उपस्थितिकै आधारमा परीक्षा सञ्चालनका लागि प्रस्ताव पठाएको उपसचिव विदुरराज गिरीले जानकारी दिए।

शिक्षा मन्त्रालयले दिएको निर्देशनअनुसार बोर्डले १२ को परीक्षा सञ्चालनबारे सुझावसहित प्रतिवेदन मन्त्रालयमा भदौ अन्तिम साता बुझाएको थियो। उपसचिव गिरीका अनुसार सो परीक्षा लिखित रूपमै सञ्चालनको विकल्प नभएकाले स्वास्थ्य सुरक्षा अपनाएर पुरानै प्रणालीमा सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव गरेको हो। चार लाख ३३ हजार एक सय ८० विद्यार्थी परीक्षाको पर्खाइमा रहेका आजको नागरिक दैनिकमा खवर छ ।

Top Changing Nepal

युट्युब सट्स