स्वेदश तथा विदेशमा रोजगारी गुमाएकाहरुलाई निशुल्क सीपमुलक तालिमको अवसर
कोभिड -१९ का कारण स्वेदश तथा विदेशमा रोजगारी गुमाएका व्यक्तिहरुलाई निशुल्क सीपमुलक तालिमको अवसर आएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय घरेलु तथा साना उद्योग कार्यालय दमौलीले कार्त्तिक १३ गते एक सूचना जारी गर्दै तालिमका लागि आह्रवान गरेको हो ।
घरेलु तथा साना उद्योग कार्यालयको चालु आ.व. २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कोरोना भाइरसको प्रकोपका कारण रोजगारी/स्वरोजगारी गुम्न गएका व्यक्तिहरु र सीप हासिल गरि उद्यम गर्न चाहने सबै ब्यक्तिहरुलाइ लक्षित गरि सीप विकाश तालिमहरु संचालन हुन लागेको हो ।
प्लम्बिङास्यानिटरी फिटिइ, मोटरसाइकल मर्मत, फ्रिज, एसी, वासिङ्ग मेशिन मर्मत, मोवाइल मर्मत, वेल्डिइ (यील निर्माण), छालाजुता/चप्पलाझोला बनाउने, वाल पेन्टिइ, एल्मुनियम फिटिइ
वायरिङ्, उदयमशिलता विकाश तालिम, ब्युटिपार्लर, कम्प्युटर/ल्यापटप मर्मत, आधारभुत तथा एडभान्स सिलाइकटाई, ढाका बुनाइ तथा एडभान्स ढाका डिजाइनको तालीम दिइने जनाइएको छ ।
न्युनतम कक्षा आठ उत्तीर्णले सिपमुलक तालीमको लागि आवेदन दिन सक्नेछन् । तालिमका लागि निर्धारित योग्यता पुगेका इच्छुक व्यक्तिहरुले तपसिल अनुसारका कागजातहरुसहित १५ (पन्ध) दिनभित्र रीतपुर्वकको निवेदन कार्यालयमा पेश गर्नुपर्ने जनाइको छ ।
कम्प्युटर/ल्यापटप मर्मतको लागि आधारभुत कम्प्युटर तालिम प्राप्त गरेको तथा एडभान्स कोर्सको लागि आधारभुत तालिम प्राप्त गरेको हुनुपर्नेछ । तालिम कार्यक्रम पछि प्रकाशित गरिने जनाइको छ ।
साथै सम्वन्धित स्थानीय तह वा कुनै सामाजिक संस्थाले तालिम माग गरि इच्छुक सहभागीहरुको निवेदन र सम्वन्धित वडा कार्यालयको सिफारिश सहित यस कार्यालयको इ-मेल ठेगाना csidbdamauli@gmail.com मा पठाउन सकिने जनाइएको छ । तालिम कार्यक्रमहरु सम्भव भएसम्म सम्बन्धित स्थानीय तहमै संचालन हुनेछन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
