नेपालमा हप्तामा २ दिन सार्वजनिक बिदा सरकारलाई सिफारिस !
काठमाडौं । सरकारी अध्ययन समितिले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गर्न गठन गरेको समितिले बिहीबार सरकारलाई उक्त सिफारिस बुझाएको हो ।
समितिले हप्तामा दुई दिन बिदा दिँदा सरकारी खर्च कटौतीमा सहयोग पुग्ने बताएको छ । हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने उल्लेख गरेको छ ।
समितिले विश्लेषण गरिएका १२७ वटा देशमध्ये ११६ देशहरमा हप्तामा ५ दिन कार्यालय सञ्चालन हुने र ११ देशमा हप्ताको ६ दिन कार्यालय सञ्चालन हुने जनाएको छ । हाल सार्क सदस्य राष्ट्रहरुमध्ये नेपाल बाहेक सबैमा हप्तामा २ दिन सार्वजनिक बिदा दिने प्रावधान रहेको छ ।
समितिमा मन्त्रालयका सहसचिव भट्टराई, गृह मन्त्रालयका उपसचिव वासुदेव अधिकारी, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीलगायत अर्थ मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी रहेका छन् ।
https://drive.google.com/file/d/19x3lKZ503H-nO0EV_0kc5yR_pZLy0GtN/view
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
