Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

नेपालको विश्वकप फुटबल छनोट खेल ,कोसँग कहिले सुचीसहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, मंसिर, २६
नेपालको विश्वकप फुटबल छनोट खेल ,कोसँग कहिले सुचीसहित

काठमाडौं, २६ मंसिर । नेपालले दशरथ रङ्गशालामा विश्वकप फुटबलको बाँकी तीनवटा छनोट चरणको खेल खेल्ने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको खेल यो वर्ष र आउँदो वर्ष हुने भएको छ ।
एशियाली छनोट अन्र्तगत समूह बीको प्रारम्भिक छनोटमा नेपालले चाइनिज ताइपेय, अष्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमा खेल्नेछ । यसअघि नेपालले अवे खेल खेलिसकेको छ । दशरथ रङ्गशाला तयार नभइसकेकाले घरेलु नै ठानिएको खेल कतारसँग थिम्पुमा खेलेको थियो ।

नेपालले पाँच खेल खेलिसक्दा चार हार व्यहोरेको छ । चाइनिज ताइपेइलाई मात्र उसको मैदानमा पराजित गरेको थियो । नेपालको अहिलेसम्म ३ अंक छ । नेपाल समूहमा पुछारबाट दोस्रोमा छ ।

नेपालको विश्वकप अन्र्तगतको खेल तालिका

नेपालविरुद्ध चाइनिज ताइपेइ- १२ चैत्र २०७७

नेपालविरुद्ध अष्ट्रेलिया- १७ चैत्र २०७७

नेपालविरुद्ध जोर्डन- २४ जेठ २०७८

Top Changing Nepal

युट्युब सट्स