ओली र प्रचण्डमध्ये चीन कस्को पक्षमा ?
नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्ने अन्तिम प्रयासका लागि चीनबाट उच्च तहको टोली भेटघाटमा व्यस्त भयो । शनिबार काठमाडौं उत्रिएको टोलीले चिनियाँ राजदूतावासमा राजदूत होउ यान्छीसँग वस्तुस्थितिबारे जानकारी लिएपछि भेटघाट शुरु गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर नेकपा एकता कायमै राख्ने सूत्रबारे छलफल गरेको थियो । आज विहानै नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेर सहमतिको सूत्र निकाल्ने प्रयास गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको छ सदस्यीय टोली नेकपा एकता कायमै गरिराख्ने उद्देश्यका साथ आएको सन्देशहरु दिइएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनले नेपालमा चिनियाँ टोली सक्रिय भएको प्रश्नमा सुशासन र सहकार्य तथा विकास जस्ता विषयमा विचार आदानप्रदान गर्न भ्रमण भएको जवाफ दिए । नेपालको सत्तारुढ दललाई मिलाउन चीन सक्रिय रहेको विषय बाहिर आइरहँदा चिनियाँ पक्षले भ्रमणको उद्देश्य सम्बन्ध मजबुत रहने हो भन्ने जवाफ दियो । तर, वास्तवरमा चीन नेकपाको एकता कायमै राख्न सक्रिय भएको हो ।
नेकपाभित्र चीनको साथ प्रधानमन्त्री केपी शर्मा ओली वा अर्को समूहका अध्यक्ष प्रचण्डमध्ये कसलाई छ भन्ने अनुमानहरु लगाउन थालिएको छ । विगतमा नेनेकपाभित्र विगतमा विवाद हुँदा पनि चिनियाँ राजदूत र बेइजिङबाट सक्रियता देखाएर कुरा मिलाइएको थियो । राजदूत यान्छी नेताहरुको निवासमै पुगेर सहमति निर्माण गर्न भूमिका खेलेकी थिइन् ।
यसपटक पनि यान्छी सक्रिय रहिन् । त्यसमाथि चिनियाँ उच्च राजनीतिक टोली नेपाल आइपुग्यो । चीनले व्यक्ति विशेषभन्दा पनि नेकपाको एकतामा बढी ध्यान दिन थालेको छ । प्रधानमन्त्री ओलीको सत्ता संकट टार्न साथ दिएको चीनले यसपटक त्यस्तो भूमिका देखाइरहेको छैन । उसले नेकपाको एकतालाई केन्द्रमा राखेर व्यक्ति विशेषमा बरु लचकता देखाउन थालेको छ । नेकपा एक हुन्छ भने अर्को कुनै नेताको नेतृत्वलाई पनि साथ दिने चिनियाँ नीति देखिन थालेको छ ।
चीनले ओली, प्रचण्ड र माधवकुमार नेपाल जोसुकै शक्तिमा आएपनि नेकपाको एकता कायमै गराउने नीति बनाएको देखिन्छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्सले नेकपा विवाद मिलाउन चिनियाँ भूमिकाको विषय उठेकोबारे चीनले नेपालमा राजनीतिक स्थिरता चाहेको उल्लेख गरेको छ । यसबाट पनि चीन नेकपाको एकतामै स्थिरता र आफ्नो प्रभाव कायमै रहने देखिरहेको छ । उसले ओली र प्रचण्ड जस्ता नेता विशेषसँग भन्दा पनि सिंगो नेपाल कम्युनिस्टसँग सम्बन्ध स्थापित गरेको छ । बेला बेलामा प्रशिक्षण र चीन भ्रमणको वातावरण पनि मिलाइदिएको छ । यसबाट पनि चीनले ओली या प्रचण्डलाई भन्दा पनि नेकपा एक बनाउने विषयलाई केन्द्रमा राखेर सम्बन्ध र साथ दिदै आएको देखिन्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
