Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

एक वर्षीय काखे छोरीलाई घाटीमा डोरी बाधेर हत्या गरेपछि..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, फाल्गुन, ११
एक वर्षीय काखे छोरीलाई घाटीमा डोरी बाधेर हत्या गरेपछि..

काठमाडौं । एक वर्षीय काखे छोरीलाई घाटीमा डोरी बाधेर हत्या गरी आफूले समेत आत्महत्या गर्न प्रयास गरेकी आमा प्रहरीको फन्दामा परेकी छन । रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित हरहरवामा आफ्नै कोठाको पंखामा १ वर्षिय बालिकाको घाँटी बांधेर हत्या गर्ने र आफुले समेत डोरीमार्फत आत्महत्या गर्ने प्रयास गरेकी २१ वर्षिय प्रेमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

आत्महत्या गर्ने प्रयास गरेकी प्रेमाको नन्दले देखेपछि डोरी काटेर बचाएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार १ वर्षिय बालिकालाई आफन्तहरुले नजिकैको खोलामा लगेर गाडिसकेको भन्ने खबर प्राप्त भएपछि तत्काल प्रहरी परिचालित भइ खोज्ने क्रममा दानव खोला नजिक शंकाष्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव फेला परेको थियो । बालिकाको घाँटीमा शंकाष्पद दाग देखिएकोले उनलाई पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको उनले जानकारी दिए ।

घटनाको अनुसन्धानको क्रममा प्रेमासहित उनको ससुरा मायादेवी–३ हरहरवाका ५५ वर्षिय बुद्धिराम यादव, सासु ४५ वर्षिय राजमति यादव, श्रीमान् २२ वर्षिय राज कुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षिय प्रदिप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स