२३ गतेको संसद बैठकमै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तीन दलबीच सहमति, नयाँ प्रधानमन्त्रीमा देउवाको नाम !
काठमाडौं, १९ फागुन । यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति गरेको उच्च स्रोतले जनाएको छ ।
नयाँ प्रधानमन्त्रीमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको नाम अघि सारिएको पनि स्रोतले दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनेर छुट्टा छुट्टै आन्दोलनमा होमिएका प्रमुख तीन संसद् पूनःस्थापना भएपछि ओलीविरुद्ध शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा सहमत भएका हुन् । र, उनीहरुबीच सरकार बनाउने विषयमा समेत मोटामोटी सहमति भैसकेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु संसदमै फेस गर्ने बताईरहेको बेला यता तीन दलबीच भने उनलाई हटाउनको लागि नयाँ सहमति बनिसकेको छ । आजमात्रै चितवनको एक कार्यक्रममा कांग्रेस सभापति देउवाले आफूले सत्ताको भाग नखोज्ने तर जिम्मेवारी आईहाले नभाग्ने भनेर अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सानो चित्त नबनाउन सुझाएका थिए । नेता पौडेलले कांग्रेस सत्तामा जाँदा राम्रो सन्देश नजाने भन्दै पाँच वर्ष नै प्रतिपक्षमा बस्न सुझाएका थिए । तर, जवाफमा देउवाले आफूले भाग नखोज्ने, तर जिम्मेवारी आए नभाग्ने भन्दै सरकारको नेतृत्व गर्नेबारे संकेत दिएका थिए ।
ReportersNepal
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
