अब त्रिविका हरेक परीक्षा सीसी क्यामेराको निगरानीमा हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराले निगरानी गर्ने भएको छ । त्यसका लागि विश्वविद्यालय अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै सम्पूर्ण कलेज तथा विद्यालयलाई यस बारे जानकारी गराएकाे छ ।
साे सूचना अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन हुने वार्षिक परिक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रले यही चैत २० गतेभित्र परीक्षा सञ्चालन हुने कक्षा, उत्तरपुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारमा सीसीटीभी राख्नुपर्ने छ ।
सीसीटीभी राख्दा सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्छ । त्यसरी राखिएको सीसी क्यामेरोको नियन्त्रण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने साे सूचनामा उल्लेख छ । सीसीटीभी नराखेकाे खण्डमा त्यस्ताे परीक्षा केन्द्रलाई आगामी परीक्षा सञ्चालन गर्न नदिइने तयारी गरिएकाे छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
