एमाले फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा माधव नेपाल
काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ रणनीतिका साथ बढेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब उनको गर या मरको राजनीतिक लडाईं शुरु भएको छ ।
नेपालले नेकपा एमाले फुटाउने सम्मको तयारी गरेका छन् । त्यसका लागि उनले हिजो राति अबेरसम्म परामर्श गरेका छन् । आज पनि आफ्नो समूहको छुट्टै बैठक डाकेका छन् ।
नेपाललाई प्रधानमन्त्री बन्नका लागि प्रस्तावहरु आएपछि उनी उत्साही भएको बुझिएको छ । हिजोसम्म निराश भएका नेपाल आज एकाएक उत्साही भएका हुन् ।
हिले नेपालसँग ४० जना सांसद छन् । नेकपा एमालेको १२१ सांसदमध्ये पार्टी विभाजन गर्न उनीसँग पर्याप्त सांसद छैनन । ४८ सांसदको आवश्यकता पर्ने भएपछि नेपाल त्यसका लागि सक्रिय भएका छन् ।
उनीसँग अपुग ८ सांसदको तयारी भइरहेको बुझिएको छ । नेपालले विगतमा पनि दुई निर्वाचन क्षेत्रबाट चुनाव हार्दा प्रधानमन्त्री बन्ने मौका पाएका थिए । यसपटक पनि अप्ठ्यारोमा पर्दा उनैलाई अवसर आउनसक्ने बुझिएको छ ।
अहिले ओली पक्षबाहेक दल र नेताहरु उनी इतरको सरकार बनाउन सक्रिय भइरहेका छन् । त्यसका लागि माधवकुमार नेपालको नाममा सहमतिको प्रयास भइरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
