Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

अबदेखि नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्तीबाट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, फाल्गुन, २६
अबदेखि नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्तीबाट

नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनमा शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ । बैंकका अनुसार माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ ।

नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । नेपाल बैंकले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स