ओलीका ‘विश्वासपात्र’ युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ
प्रधानमन्त्री केपी शर्मा ओलीका एकजना विश्वासपात्र युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङको शनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
नेकपा विभाजन हुँदा ओली पक्षबाट बास्कोटा केन्द्रीय सदस्य मनोनित भएका थिए । उनी लामो समययता भारत प्रवासमा बसेर ओलीको पक्षमा काम गर्दै आएका थिए ।
१४ पुसमा भण्डारी पथरी शनिश्चरे–२ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए । त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका नेता बाँस्कोटालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


