नेपाल र इजरायल सरकारवीच यस्तो सम्झाैता भयो – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, श्रावण, २२
नेपाली कामदार इजरायल पठाउने विषयमा नेपाल र इजरायल सरकारवीच आज सम्झौता भएको छ।
श्रम मन्त्रालयद्वारा आयोजित कार्यक्रममा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र इजरायलका राजदूत यारोन मेयरले नेपाली महिला कामदार लैजाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरसँगै विगत ५ वर्षदेखि नेपाली महिला कामदार लैजान रोकिएको प्रक्रिया सुरु भएको छ। इजरायलले फेरि नेपाली महिला कामदार लैजाने भएको छ ।
सम्झौता अनुसार लिखित र मौखिक परीक्षाका साथै स्वाथ्य परीक्षणमा सफल भएकाहरुलाई सरकार आफैंले इजरायल पठाउनेछ।
पाइलट प्रोजेक्टका रुपमा महिला कामदार इजरायल पठाउने र पहिलो चरणमा ६० नेपाली महिला कामदारहरु पठाइने श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिएका छन्।
त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने पनि उनले बताएका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

