सुर्खेतमा कर्फ्यू घोषणा, गाेली लागेर एकको मृत्यु ४ जना गम्भीर घाइते
सुर्खेतमा अखण्ड मध्य पश्चिम क्षेत्रीय संघर्ष समितिले मध्य पश्चिम क्षेत्र अखण्डको माग राखी गरेको विरोध प्रदर्शनमा सोमबार भएको झडपमा गोली लागि घाइते भएका ४५ वर्षीय टिकाराम गौतमको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारकोक्रममा मृत्यु भएको छ ।
उक्त झडपमा २ सुरक्षाकर्मी र ६ जना प्रदर्शनकारी घाइते भएका छन् । गम्भीर घाइते भएका सोही नगरपालिका बस्ने २५ वर्षीय रामबहादुर श्रेष्ठ, १७ वर्षीय अनिस पन्त र २५ वर्षीय नरबहादुर पुरीलाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं ल्याई काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्यको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन पुर्वमा ईत्राम खोला, दक्षिणमा रत्न राजमार्ग, पश्चिममा खड्के खोला र उत्तरमा ईत्रामको शंकरचोक विचको क्षेत्रमा स्थानीय प्रशासनले दिउसो १ बजेदेखि राति ९ बजेसम्मका लागि कफर्यु आदेश जारी गरेको प्रहरी ले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

