माओवादी केन्द्रद्वारा बादलसहित २३ जनालाई दल त्यागबारे २४ घन्टे अल्टिमेटम दिदै कारबाहीको तयारी
काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमालेमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेर २४ घन्टे अल्टिमेटम दिने निर्णय गरेको हो ।
२४ घन्टाभित्र दल त्याग गरेको या नगरेकोबारे स्पष्ट पार्न भनिएको छ । त्यसको जवाफ अनुसार कारबाहीमा जाने निर्णय भएको छ । दल त्याग गरेको भए सांसद भएकाहरुको पद स्वतः जानेछ । माओवादी केन्द्रबाट बादलका अलावा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी सांसद छन् । मन्त्री भएका उनीहरुले दल त्याग गरेको आधिकारिक जवाफपछि माओवादी केन्द्रले स्वतः सांसद पद खारेज गर्न पत्र लेख्न सक्छ । उनीहरुको सांसद पद नै खारेज हुने कानुनी व्यवस्था छ । यसैगरी स्थायी कमिटी सदस्य मणि थापालगायत अन्य केन्द्रीय सदस्यहरुमाथि पनि कारबाही हुन सक्छ । शुक्रबार नेकपा एमालेको ओली समूहको बैठकले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो । बादलले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका थिए । लेखराज भट्टले सुदूरपश्चिम र मणि थापाले कर्णाली प्रदेशको इञ्चार्जको जिम्मेवारी पाएका थिए ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
