ओली चुनावसम्म प्रधानमन्त्री रहनेमा ढुक्क
प्रधानमन्त्री केपी शर्मा ओली झन् आक्रामक बन्दै गएका छन् । एमाले ब्युँतिएपछि उनले पार्टीभित्र आफ्ना विरोधीहरुलाई घुमाउरो तरिकाले कारबाही गरेका छन् । यतिसम्मकी माधव नेपाल पक्षधरहरुले एमाले छाडेपनि फरक नपर्ने संकेत गर्दै अभिव्यक्ति दिइरहेका छन् । शनिबार बोल्दै केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भए कारबाहीको चेतावनी समेत दिए । गत हप्ता मात्र ओलीले आफू र महासचिव इश्वर पोखरेलबाहेक सबै पदाधिकारीको पद खारेज गरे । ७० वर्ष उमेरहद विधानबाट हटाए, स्थायी कमिटी सदस्यहरुलाई घटुवा गरी केन्द्रीय सदस्यमा सिमित पारे । यो सबै नेपाल समूहप्रति लक्षित ओलीको रणनीति थियो ।
ओली नेपाल समूहविरुद्ध किन यति आक्रामक बन्दैछन् ? एमाले विभाजन नै भइहालेमा पनि फरक नपर्ने शैलीमा किन प्रस्तुत भइरहेका छन् ?
प्रतिनिधि सभामा ओली अध्यक्ष रहेको नेकपा एमालेसँग १२० सिट छ । जुन बहुमतका लागि १८ सिट अपुग हो । ओलीले बहुमतका लागि राष्ट्रिय जनता पार्टीलाई विकल्पका रुपमा राखेका छन् । त्यसका लागि राजपाको महन्थ ठाकुर पक्षसँग भित्री रुपमा छलफल समेत बढाएका छन् ।
नेकपाभित्रको माधव नेपाल समूह बाहिरिएपनि ३० सिट मात्र घट्ने ओली समूहको बुझाई छ । प्रत्यक्ष निर्वाचितको सांसद पद खारेज भएपनि समानुपातिकतर्फ नाम परिवर्तन हुनसक्छ । त्यसपछि ओलीले अन्य दलसँग समिकरण बनाएर जानसक्ने सम्भावना बलियो छ । उनी पाँच वर्ष प्रधानमन्त्रीको कार्यकाल पूरा गर्नेमा ढुक्क छन् । तीन वर्ष पूरा भइसकेको छ । बाँकी समय २२ महिना हो । एक वर्षपछि चुनावको माहोल बनिसक्छ ।
ओलीसँग अर्को अस्त्र भनेको राजपालाई प्रधानमन्त्री पद दिएर समिकरण बनाउने पनि छ । राजपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर बाहिर बसेर या सरकारमा सहभागी भएर समर्थन गर्ने अस्त्र पनि ओलीसँग छ । यसकारण पनि उनी ढुक्क छन् ।
विरोधीहरुलाई एकपछि अर्को प्रहार गर्दै ओलीले सत्ता सुरक्षित राख्दै आएका छन् । यतिसम्मकी उनीविरुद्ध अझै अविश्वासको प्रस्ताव दर्ता गर्ने साहस कसैले गर्न सकेको छैन । माओवादी केन्द्रले पनि ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिन सकेको छैन । यसबाट ओली अझै मजबुत रहेको बुझ्न सकिन्छ ।
राज्यका महतवपूर्ण निकायमा गएको तीन वर्ष ओलीले निकटस्थहरुलाई व्यवस्थापन गरिसकेका छन् । सबैजसो निकायमा उनको एकछत्र प्रभाव छ । ओली अर्ली इलेक्शनका लागि पनि तयार देखिएका छन् ।
अर्ली इलेक्शन भएमा दुई तिहाई ल्याएर सिंहदरबार छिर्ने ओलीको दाबी सार्वजनिक रुपमा आइसकेको छ । विगतमा पनि उनले सत्ताबाट हट्दा बहुमत ल्याएर सिंहदरबार छिर्छु भनेका थिए । जुन साकार पारे । अब ओलीले सत्ताबाहिर बस्नुपरेको अवस्थामा पनि राजपलाई प्रधानमन्त्री दिएर चुनावमा जाने रणनीति बनाएको बुझिएको छ । यसकारण पनि ओली ढुक्क देखिएका छन् ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
