शितलनिवासमा प्रधानमन्त्री ओलीको प्रस्ताव : संसद् विघटन गरौं, तत्काल चुनावमा जाऔं
काठमाडौं, ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । आज (मंगलबार) अपरान्ह ४ बजे बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीले ‘यो संसदले निकास दिन सकेन, संसद् विघटन गरौं । निर्वाचनबाटै समस्याको समाधान खोजौं’ भन्ने धारणा राखेका एक नेताले जनाए । यसअघि पनि आफूले निकास ननिस्किने देखेर नै संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो ।
शिलतनिवासमा सर्वदलीय बैठक सुरु, को–को पुगे ?
बैठकमा सहभागी जनतामा समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति विमलेन्द्र निधिले राष्ट्रपति भण्डारीको भूमिका तटस्थ हुन नसकेको भनेर उनकै सामू आलोचना गरेका थिए । र, नेताहरुले राष्ट्रपति भण्डारीको यही चैत्र ९ र १० गते हुने बंगलादेशको दुई दिने भ्रमणको सफतालको शुभकामना दिएका थिए । आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नबोलेको बुझिएको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
