प्रधानमन्त्री ओलीलाई योगेशको जवाफ : हामी एकपछि अर्को कारबाही भोग्न तयार छौं
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरुलाई कारबाहीको धम्की नदिने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । उनले आफूहरु एकपछि अर्को कारबाही भोग्न तयार रहेको स्पष्ट पारे । चैत्र ४ र चैत्र ४ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित प्रेस मिटमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी कारबाही भोग्न तयार छौं । लामवद्ध छौं । हामीलाई त्यसमा कुनै चिन्ता छैन् ।’ भट्टराईले प्रधानमन्त्री ओली अहिले ईतिहासको कठघरामा उभिएको भन्दै जवाफ दिनुपर्ने बताए । उनले भने,‘म तपाईँलाई अनुरोध गर्छु, तपाईँ अहिले ईतिहासको कठघरामा उभिनुभएको छ । जब ईतिहासले सोधेको प्रश्नको उत्तर दिन तपाईँ असमर्थ हुनुहुन्छ, ती उत्तर दिन सक्नुहुन्न, त्यो बेला ईतिहासले तपाईँलाई कठोर कारबाही गर्छ । सायद त्यो बेला तपाईँको निम्ति दुई थोपा आँशु चुहाउने मान्छे नहुनपनि सक्लान् ।’
उनले धम्कीको भाषा नबोल्नपनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् । अब दुई वर्ष बालुवाटारमा चैनका साथ बस्ने हो भने बारुदका गन्ध नफैलाउन पनि उनले अर्को चेतावनी दिए ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
