भारतीय पक्षले नेपालका यी ठाउँको जमिन भोगचलन गर्दै आएको खुलासा
काठमाडौं । भारतीय पक्षले नेपालका सीमावर्ती ६ सय ६८ ठाउँको जमिन भोगचलन गरिरहेको पाइएको छ । पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म १५ जिल्लाका हजारौं हेक्टर नेपालीभूमि भारतीयले भोगचलन गरेको पाइएको हो ।
यस्ता भोगचलनले कतिपय नदी तथा खोलाले धार परिवर्तन गरेका छन् । नेपाली पक्षले पनि २ सय ७४ ठाउँमा भारतीय भूभागमा खेतीपाती गर्ने गरेको देखिएको छ ।
कान्तिपुर दैनिक लेख्छ–प्राप्त विवरण अनुसार इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, बर्दिया र कञ्चनपुर गरी १५ जिल्लाका जमिन भारतीयको भोगचलनमा छ ।
इलाममा १४ ठाउँ, झापामा ४०, मोरङमा १८, सुनसरीमा २४, सप्तरीमा ११, सिरहामा २९, धनुषामा ३९, महोत्तरीमा २५, सर्लाहीमा १ सय २, रौतहटमा ६, बारामा ११, पर्सामा ३ सय २६, रूपन्देही, बाँके र दार्चुलामा १÷१, बर्दियामा ९ र कञ्चनपुरमा ११ स्थान गरी ६ सय ६८ ठाउँमा भारतीयको बलमिचाइँ छ ।
यसैगरी चितवन, दार्चुला र पश्चिम नवलपरासीमा १÷१ गरी ३ ठाउँ, कपिलवस्तुमा ३, कञ्चनपुरमा ७ र कैलालीका २ गरी १५ स्थानमा भारतीय अतिक्रमण छ । दार्चुलाको कालापानी र पश्चिम नवलपरासीको सुस्तासहित ६ जिल्लाका १५ स्थानमा नेपालीभूमि भारतीय अतिक्रमणमा परेको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
