मौरिससबाट डिमाण्ड आउन थाल्यो, दुतावास नहुँदा डिमाण्ड प्रमाणीकरण गर्न समस्या
मनोज पराजुली । काठमाडौँ । वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा मौरिससबाट मागपत्र (डिमाण्ड) आउन थालेको छ । नेपाल र मौरिसस बिच श्रम समझदारी भएको झन्डै २ वर्षपछि म्यानपावर कम्पनीले मौरिससबाट डिमाण्ड ल्याउन शुरु गरेका हुन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा नेपाल र मौरिससबीच २०७६ जेठ २८ मा श्रम समझदारी भएको थियो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नबीच श्रम सम्झौता भएको थियो । उक्त समझदारीले मौरिसस जाने नेपाली श्रमिकको रोजगारीको सुरक्षाका लागि आधार तयार गरेको थियो । सो पश्च्यात
पछिल्लो समय मौरिससबाट ३७ जनाको माग आएको छ । काठमाडौँको सोल्टीमोडमा रहेको हेल्प ओभरसिज प्रा. लि. ले मौरिससको लागि १७ जनाको Garment Embroider को डिमाण्ड ल्याएको हो । हेल्प ओभरसिजले मौरिससको JETHA TULSIDAS AND SONS MTIUS LTD कम्पनीको लागि (लट नम्बर २३५३७८) Garment Embroider को डिमाण्ड ल्याएको हो । वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ फागुन २८ गते डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ । न्यूनतम मासिक तलब ४० हजार ६ सय रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन । करार अवधि २ वर्षको हुने उल्लेख छ ।
डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोस्
विज्ञापन अनुसार अन्तर्वार्ता चैत्र ९ गते म्यानपावर कार्यालयमा हुनेछ । स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालीम बापतको शुल्क, भिसा स्ट्यापिङ्ग शुल्क वापतको शुल्क श्रमिकले व्यहोर्नुपर्ने म्यानपावर कम्पनीले जनाएको छ । सेवा शुल्क बापत म्यानपावर कम्पनीलाई १९ हजार ९ सय तिर्नु पर्ने जनाईएको छ । सोहि म्यानपावर कम्पनीले कोल्ड रुम टेक्निसियन पदका लागि २० जनाको डिमाण्ड पनि ल्याएको जनाएको छ । यसअघि मौरिससका लागि जस्मिन इन्टर्नेशनल प्रा. लि. ले म्यासन, कार्पेन्टर लगायत विभिन्न पदका लागि डिमाण्ड ल्याएको थियो ।
डिमाण्ड प्रमाणीकरण गर्न समस्या छ : व्यवसायी
वैदेशिक रोजगारीमा श्रमिक पठाउनको लागि म्यानपावर कम्पनीले अनिवार्य रुपमा सम्बन्धित देशमा रहेको दुतावास वा सो देशको लागि हेर्ने अन्य देशमा रहेको नेपाली दुतावासबाट मागपत्र प्रमाणीकरण गर्नुपर्छ । तर मौरिससमा नेपाली दुतावास नभएका कारण चाहेर पनि व्यवसायीले सहज तरिकाले डिमाण्ड ल्याउन सक्ने अवस्था नभएको हेल्प ओभरसिजका संचालक दिनेश कुमार डंगोलले
बताए । रोजगारदातालाई निर्धारित समयमा नै श्रमिक आपूर्ति गर्न चाहन्छन् तर नेपालको नियम अनुसार डिमाण्ड प्रमाणीकरण गर्न रोजगारदाता दक्षिण अफ्रिकामा रहेको नेपाली दुतावास पुग्नुपर्छ उनले भने “सरकारले दुतावास नभएका देशका हकमा आवश्यक सहजीकरण गरिदिए सहज तरिकाले मौरिससबाट डिमाण्ड ल्याउन सकिने सम्भावना रहेको छ ।”
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
