भारतमा संक्रमण तीव्र जोखिममा नेपाल
छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारावालाले औंल्याएका छन्। आइतबार भारतबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखा प्रमुख डा कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
भारतमा कोरोना संक्रमण दर बढे पनि नेपालले खासै तयारी नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीको भनाइ छ। जोखिम रोक्न सीमानाकामा अनपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरबाही भइरहेको देखिएको उनले बताए।
‘बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ’, उनले चिन्ता प्रकट गर्दै भने। अन्तर्राष्ट्रिय विमानास्थलमा समेत लापरबाही भएको उनले बताए। ‘जोखिममा रहेका देशबाट आएका पर्यटकलाई समेत होटेल क्वारेन्टिनमा नराखी सीधै समुदायमा जान दिएको पाइएको छ’, उनले भने।
भारतमा दोस्रो चरणको कोरोना फैलिएको र कतिपय राज्यमा लकडाउनसमेत भइसकेको छ। त्यहाँ कार्यरत नेपाली घर आउँदा संक्रमणको जोखिम बढ्न सक्ने शुक्रराज अस्पताल अनुसन्धान शाखा संयोजक डा शेरबहादुर पुन बताउँछन्।
‘गत वर्ष पनि भारतमा संक्रमित बढ्नेबित्तिकै नेपालमा संक्रमण फैलिएको थियो, अहिले पनि भारतमा रहेका नेपाली फर्किंदा संक्रमित भएर आउने सम्भावना छ’, पुनले भने। भारतबाट दैनिक आउने गाडीका चालक र सहचालकबाट पनि संक्रमणको जोखिम बढेको उनले औंल्याए। कोरोना संक्रमण फैलिन नदिन बलियो संरचना बनाएर तयारी अवस्थामा बस्न सरकारलाई पुनको सुझाव रहेको आजको नागरिक दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
