• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • ७ घण्टा 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १० घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
  • १ दिन 

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २ दिन 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

  • ३. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा

  • ६. २० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

  • ७. एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने

  • ८. छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. २०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

७ हजार ३६० जनालाई निःशुल्क सीपमुलक तालिमको अवसर, सम्पर्क नम्बरहरु सहित

admin २०७७, चैत्र, ९

काठमाडौं । वैदेशिक रोजगार वोर्डले ७ हजार ३६० जनालाई निःशुल्क सीपमुलक तालिम दिन शुरु गरेको छ । वोर्डले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्दै निःशुल्क सीपमुलक तालिम दिन शुरु गरेको हो ।

विभिन्न विषयमा सुरु गरिएको एक महिनाको सो तालिम गत फागुन १ गतेदेखि शुरु भएको छ । वोर्डले वैदेशिक रोजगारमा जान चाहने, विदेशबाट फर्किएका वा स्वदेशमा नै रोजगारी गर्न चाहनेहरुलाई सो सीप विकास तालिम लिन अनुरोध गरेको छ ।

सो तालिम अन्तर्गत कुक, वेटर, हाउस किपिङ, किचन सहयोगी, फ्रण्ट अफिस सहायक, सुरक्षा गार्ड, डकर्मी, हाउस पेन्टर, प्लम्वर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, व्यूटीसियन, जुनियर व्यूटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेण्ट स्काफोल्डर, ईलेक्ट्रिसियन लगायतका तालिम सञ्चालन भइरहेका छन् ।

हाल सञ्चालनमा रहेको १ सय ६० घण्टा समयावधिको सो तालीम लिन वैदेशिक रोजगारमा जान ईच्छुक भएमा पासपोर्ट बनाएको र रोजगारीका लागि विदेश जान चाहेको स्वघोषणा गरेको फारम भर्नुपर्ने वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए । यसैगरी वैदेशिक रोजगारबाट फर्केको भएमा समस्यामा परेर फर्केकाहरुलाई प्राथमिकता दिइनु पर्नेछ । सो सीप विकास तालीमलाई स्थानीय तहसँग पनि जोड्ने प्रयास गरिएको छ । यदि स्थानीय तहले तालीम सञ्चालन गर्ने स्थान उपलव्ध गराएमा स्थानीय स्तरमा रोजगारी उपलव्ध हुन सक्ने प्रकृतिको तालीम वोर्डसँग तालीम सञ्चालन गर्ने सम्झौता गरेको संस्थाले उपलव्ध गराउनेछ । त्यस्तो स्थान नभएमा ति संस्थाहरुले आफ्नै तालिम केन्द्रमा पनि त्यस्ता तालिम सञ्चालन गर्न सक्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

वोर्डले सिटीईभीटीसँगको समन्वयमा तोकेको शुल्कमा एक महिनाको तालिम सकेकाहरुले राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसटीबी) ले लिने सीप परिक्षण उत्तिर्ण गरेमा सो सहभागिलाई तालीम लिंदा तिरेको शुल्क वैदेशिक रोजगार वोर्डले फिर्ता दिनेछ । यसका लागि तालीम अवधिमा ९० प्रतिशत हाजिरी तथा सीप परीक्षण उत्तिर्ण गरेको प्रमाणपत्र हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । एक महिने तालिम सकेकाहरुले लेभल १ को प्रमाणपत्र प्राप्त गर्नेछन् । यदि लेभल १ उत्तिर्ण गरेकाहरुले माग गरेमा लेभल २ को तालीम पनि यसैगरी प्रदान गर्न सकिने वोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

विभिन्न विषयका तालीम सञ्चालनका लागि विभिन्न प्रदेशहरुमा विभिन्न तालिम प्रदायक संस्थाहरुसँग वोर्ड सचिवालय, सिटीईभीटी तथा ति संस्थाहरुबीच तालीम सञ्चालन सम्झौता भएको छ । यस अन्तर्गत प्रदेश नं १ मा सुम्निमा पोलिटेक्निक ईन्स्टिच्यूट, भोजपुर तथा रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालय ईलामसँग सम्झौता भएको छ । यसैगरी प्रदेश नम्वर २ मा निर्मल लामा बहुप्राविधिक शिक्षालय, वर्दिवास तथा बीपी मेमोरियल पोलिटेक्निक ईन्स्टिच्यूट, धनुषासँग बोर्डले सम्झौता गरेको छ । बागमती प्रदेशमा बालाजु स्कूल अफ ईञ्जिनियरिङ एण्ड टेक्नोलोजी, बालाजु, नेपाल बनेपा पोलिटेक्निकल ईन्स्टिच्यूट, बनेपा, नारायणी बहुप्राविधिक शिक्षालय, चितवन तथा जिरी प्राविधिक शिक्षालय, दोलखाले तालिम सञ्चालन गरिरहेका छन् ।

यसैगरी गण्डकीमा पोखरा प्राविधिक शिक्षालय, पोखरा, लुम्विनीमा कोरिया नेपाल ईन्स्टिच्यूट अफ टेक्नोलोजी रुपन्देही र शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय, दाङ र भेरी प्राविधिक शिक्षालय, नेपालगञ्जले सम्झौता गरेका छन् ।

तालिमका लागि सम्झौता गर्ने अन्य तालिम प्रदायक संस्थाहरुमा कर्णाली प्राविधिक शिक्षालय, जुम्ला तथा शहीद नेत्रलाल अभागी प्राविधिक शिक्षालय सल्यान रहेका छन् । सुदुरपश्चिम प्रदेशमा टीकापुर पोलिटेक्निक ईन्स्टिच्यूट, कैलालीले तालिम सञ्चालन गर्दैछ । सवै शिक्षालयहरुसँग गरेर ७ हजार ३ सय ६० जनालाई सीप विकास तालिम दिने लक्ष्य राखिएको बोर्डले जनाएको छ ।

कहाँ कुन तालिम संचालन हुँदैछ हेर्नुहोस्

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

ताजा

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.