आज काठमाडौं उपत्यकाको यी क्षेत्रमा ६ घण्टा बत्ती जाने
जानकारी केन्द्र
२०७७, चैत्र, २०
काठमाडौं । आज काठमाडौंको कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा आज ६ घण्टा बत्ती जाने भएको छ । मच्छेगाउँ फिडर अन्तर्गत चम्पादेवी बसपार्क र ज्वालादेवी मन्दिर क्षेत्रमा ११ केभी क्षमताको लाइन मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ज्वालादेवी र चम्पादेवीमा रहेका दुई वटा ट्रान्सफर्मर बन्द गरेर काम गरिँदै छ । आज मच्छेगाउँ फिडर अन्तर्गतका खुशीखुशी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दूधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल र नगाउँमा बत्ती जाने भएको हो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
