Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

दीपाश्रीको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक समातिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २४
दीपाश्रीको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक समातिए

काठमाडौं । साइबर ब्युरोले दीपाश्री निरौला लगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

निरौला लगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको हो ।

प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पश्चात पर्साबाट पक्राउ गरेको हो ।

Top Changing Nepal

युट्युब सट्स