• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ बैशाख २०८३, शुक्रबार
१८ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ६ घण्टा 

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
  • १८ घण्टा 

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
  • १ दिन 

खाना पकाउने ग्यासको मूल्य बढ्यो
  • १ दिन 

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह
  • १ दिन 

नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य
  • १ दिन 

ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन
  • १ दिन 

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

  • २. पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • ६. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ७. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ८. Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

  • ९. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • १०. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

के नेपालमा नयाँ भेरिअन्ट फैलिएको हो ? यसो भन्छन् चिकित्सक

admin २०७७, चैत्र, २९

बीबीसी । नेपालमा पछिल्ला केही दिनमा अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितमा यसअघिका भन्दा फरक लक्षणहरू धेरै देखिएको अनुभव चिकित्सकहरूले सुनाएका छन् । उनीहरूले त्यो नयाँ भेरिअन्टको कोरोना भाइरस व्यापक रूपमा फैलिएको सङ्केत हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन् ।

कोरोना भाइरसको उपचार हुने काठमाडौंको सरकारी अस्पताल शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुमा एकाएक गम्भीर बिरामीको चाप बढेको बताइन्छ । त्यहाँ १३ जना सघन उपचार कक्ष आईसीयूमै रहेको अस्पतालका प्रवक्ता तथा संक्रामक रोग विज्ञ डा. अनुप बास्तोलाले बताएका छन् ।

यस पटक आधा जसो बिरामीहरू कोभिडको निमोनियासहित आएका ५० वर्ष मुनिका व्यक्तिहरू रहेको डा. बास्तोला बताउँछन् । उनी भन्छन्, “यसले दिने सङ्केत कि यूके भेरिअन्टले अर्कै तरिकाले काम गरिरहेको छ या त युवाहरूले धेरै हेलचेक्याइँ गर्दा यस्तो भएको हुन सक्छ ।”

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या झन्डै दुई लाख ८० हजार नजिक र मृत्यु हुनेको संख्या तीन हजार नाघिसकेको छ । चिकित्सकहरूले अहिलेको अवस्थालाई संक्रमण दर ह्वात्तै उकालो लागेको गत भदौ-असोजको समयसँग तुलना गरिरहेका छन् ।

डा. बास्तोला भन्छन्, “भित्रभित्रै संक्रमण व्यापक फैलिरहेको छ । त्यो जुनकुनै बेला फुट्न सक्छ ।” विज्ञहरूले कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण निकै छिटो फैलने गरेको बताउने गरेका छन् । यति नै बेला विद्यालय समेत खुलेकाले अहिले त्यो बालबालिकामा समेत उल्लेख्य रूपमा देखा परेको चिकित्सकहरू बताउँछन् ।

थकान भएका, टाउको दुखेका मानिसहरू र ज्वरो फर्किएका जस्ता कुनै विशेष लक्षण नभएका मानिसहरूमा अस्पताल आएपछि परीक्षण गर्दा निमोनिया देखिन थालेको चिकित्सकहरूले बताएका छन् । “तर यही नै बेला परीक्षण कम भइरहेको छ । जसले हाम्रो अवस्थाको वास्तविक चित्र हामीलाई देखाइरहेको छैन,” डा. बास्तोलाको भनाइ छ ।

शुक्रबार काठमाडौंको एक निजी अस्पतालमा कार्यरत संक्रामक रोग विज्ञ डा. अनुप सुवेदीले शृङ्खालाबद्ध ट्वीट गर्दै ‘यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो रहेको’ जनाएका थिए ।

यसबीच भारतमा कोरोना भाइरसको दोस्रो लहर देखा परेको विवरण आएका छन् । त्यहाँ कोरोना भाइरसका नयाँ प्रकार मात्र देखिएका छैनन् तिनमा दोहोरो उत्परिवर्तन समेत भएको पाइएको छ । जसलाई लिएर नेपालको भारतसँगको सीमावर्ती भेगमा कडाइ र निगरानी गर्नुपर्ने नेपाली विज्ञहरूको भनाइ छ ।

नेपाल सरकारले नयाँ प्रकारका भाइरसको प्रभाव बारे जाँच्न जिन स्विक्वेन्सिङ गर्ने विधि भित्र्याइसकेको बताए पनि त्यो निकै महङ्गो विधि भएकाले निश्चित समूह वा ठाउँमा अवस्था थाहा पाउन मात्रै प्रयोग गरिने बताएका छन् ।

वीरगन्जको नारायणी अस्पतालका एक्स-रे जाँच गर्दा सामान्य निमोनिया जस्तो लक्षण देखिए पनि थप जाँचका क्रममा भने तिनमा कोभिडको निमोनिया पाइन थालेको अनुभव मेडिकल अधिकृत उदयनारायण सिंहको छ ।

डा. सिंह भन्छन्, “यस पटक हामीले देखेको अवस्थामा हेर्दा सामान्य बिरामीमा समेत अक्सिजनको अवस्था जाँच गर्दा त्यो निकै कम पाइरहेका छौँ ।” “जसको समस्या के हो भने मानिसहरूलाई आफू ठिकै भएजस्तो लाग्छ तर उसको समस्या अर्कै हुन्छ ।”

केही दिनदेखि त्यहाँ निमोनियाका समस्यासहित आएका बालबालिकाहरूको रगतमा ‘अपत्यारिलो तरिकाले प्लेटिलेट्स कम देखिएको’ पाइएको अनुभव उनको छ । डा. सिंह भन्छन्, “पहिलेको लहरमा यस्तो थिएन । रगतमा देखिने यस्तो खराबीले नयाँ खालको कोभिडको लहर फैलिएको हो कि भन्ने समेत देखिन्छ ।”

वीरगन्जमा कोभिडका लक्षणसहित दुई सातासम्म उपचार गरिएका केही बिरामीमा समेत पीसीआर जाँच गर्दा कोरोना भाइरस नदेखिएपछि चिकित्सकहरूले ‘कतै नयाँ प्रकार भएका कारण अहिलेको पीसीआरले थाहा नपाएको त होइन’ भन्ने संशय व्यक्त गरेका छन् ।

नयाँ प्रकारको आशङ्कामा नारायणी अस्पतालबाट जीन सिक्वेन्सिङका लागि काठमाडौंमा दुई वटा नमुना पठाइए पनि शुक्रबार सम्म त्यसको नतिजा थाहा नभएको अस्पतालले बताएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह

ताजा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.