×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १६ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १६ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १७ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १९ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १९ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • २० घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • २१ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना

admin २०७८, बैशाख, १

१ बैशाख । यस नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि ल्याएको यस आर्कषक डेटा योजना अन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन् ।
यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत्र ३१ गते मङ्गलबार देखि संचालनमा आएको छ ।

डबल डेटा योजना अन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन् । यो आकर्षक योजना अन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । ग्राहकले यो योजना अन्तर्गत मात्र रु ४९९ मा २० जीबी (१० जीबी + १० जीबी) डेटाको मजा लिन सक्छन् । बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने छ । त्यस्तै रु १३९ मा १४ दिन समयसिमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन् ।

त्यस्तै ३ दिन समयसिमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजना अन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदा लिन सक्छन् । १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ । यसका साथै डेटा सापटी सेवा अन्तर्गत रु ४० मा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उहि शुल्कमा ६०० एमबी डेटाको मजा लिन सक्छन् ।

यति मात्र हैन, नयाँ वर्षको यो योजना अन्तर्गत रु ५० वा सो भन्दा माथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको छ । रु ५० देखि रु ९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि रु ५० एमबी बोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि रु १०० देखि रु १९९, रु २०० देखि रु २९९, रु ३०० देखि रु ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश रु १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् ।

त्यसैगरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा रु १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा यो योजना अन्तर्गत बोनस स्वरुप प्राप्त गर्दछन् ।

नयाँ वर्षको अवसरमा आफ्ना ग्राहककालगि उहि शुल्कमा डबल डेटा भोलुम प्रदान गर्न पाएकोमा निकै खुसि रहेको कम्पनीले जनाएको छ । यस योजना अन्र्तगतको डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटाले ग्राहकको संचारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँ वर्षमा आफ्ना परिवार तथा साथीभमाईसँग डिजिटल माध्यमबाट सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि वा एस्ट्रिक्स १७१२३एस्ट्रिक्स७८ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन् । यो योजना वैशाख १४ सम्म संचालनमा रहनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.